बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार स्थापना भएको उपलक्ष्यमा फागुन ३ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रलयले एक सुचना प्रकाशित गर्दै प्रदेश सरकार स्थापना दिवसको अवसरमा उक्त दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ।









