काठमाडौं । अधिकांश पहाडी क्षेत्रमा आइतबार मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भूभागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली हुने सम्भावना छ ।
यसबाहेकका भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले छ । राति पनि प्रदेश १ का पहाडी भूभागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।








