काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति देखिएको छैन । हाल देशभर मौसम सामान्यतया सफा छ । आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना छ ।
त्यस्तै देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।
त्यस्तै देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।








