काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसोमा प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।
यस्तै, रातीमा भने प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश को को पहाडी/हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।








