काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। हाल देशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ। आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दिउँसो देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको छ । देशका केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा सामान्य बदली हुने सम्भावना देखिएको छ ।
देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुका केही स्थानहरुका साथै बागमती र प्रदेस १ का एक, दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षा हुने सम्भावना देखिएको छ । देशका केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








