काठमाडौं । देशको पहाडी भूभागहरुमा मंगलबारको मौसममा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मंगलबार राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ ।
राति पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।








