काठमाडौं । देशको पहाडी भू –भागहरुमा बुधबार आंशिकदेखि सामान्य बदली रही बाँकी भू –भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार राति देशको पहाडी भू –भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहने छ ।
कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








