काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।
महाशाखाका अनुसार हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ ।
यस्तो छ आजको मौसम:
चैत्र ०६ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको थोरै स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।








