बुटवल। गृह मन्त्रालयले एकै पटक रुपन्देहीका प्रमुख जिल्ला अधिकारी,प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको सरुवा गरेको छ।
गृह मन्त्रालयले सोमबार अकस्मिक रुपमा प्रजिअ पिताम्बर घिमिरे, प्रहरी मुख्यालयले प्रहरी उपरीक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरीका उपरीक्षक भरत खनियाँलाई जिम्मेवारीबाट हटाउदै अन्यत्र सरुवा गरेको छ।
मन्त्रालयले रुपन्देहीको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा प्रजिअ पर्साका अस्मान तामाङलाई रुपन्देही पठाएको छ। प्रहरी उपरीक्षक पोखरेलको ठाउँमा मुख्यालयबाट मनोज केसी पठाइएका छन् भने सशस्त्र प्रहरीले राजेश उप्रेतीलाई पठाएको छ।
केही समय अघि उद्योग मन्त्री लेखराज मट्ट र अर्थ मन्त्री विष्णु पौडेललाई सुरक्षा दिन नसकेको भन्दै राजनीतिक गतिरोधका कारण सुरक्षा निकायको टोलीनै परिवर्तन गरेको हो।








