• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सामाजिक भेदभाव र लाञ्छनाले कुष्ठरोग रोकथाममा चुनौती

  •   सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    राँझा । सामाजिक भेदभाव र लाञ्छनाका कारण बाँकेमा कुष्ठरोगको रोकथाम प्रभावकारी हुन सकेको छैन । रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय आइएनएफलगायतका सरोकारवाला निकायले पहल गर्दै आए पनि बिरामी प्रत्येक वर्ष थपिँदै आएको स्वास्थ्य कार्यालयका अधिकृत एवं क्षय कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिनुभयो ।

    “कुष्ठरोगप्रतिको धारण गाउँ समाजमा परिवर्तन हुन सकेको छैन, बिरामीलाई गरिने लाञ्छना र भेदभावले कुष्ठरोगको स्थिति ज्यूँका त्यूँ छ”, नेपालीले भन्नुभयो, “औषधि सेवन गरे निको भइहाल्ने भए पनि भेदभाव र लाञ्छनाले बिरामी नखुल्ने र गाउँघरमा प्रभावकारी उपचार नहुने हुँदा कुष्ठरोग बढ्दै गएको छ ।” उहाँका अनुसार बिरामीसँग सामान्य लसपसबाट यो रोग सर्दैन ।

    यो रोग लागेका बिरामीलाई पूर्वजन्मको पाप तथा देवीदेवताको श्राप हो भनेर छुवाछूत गर्ने मानसिकता अझै हट्न नसकेका कारण रोकथाममा चुनौती थपिएको छ । बाँकेमा गत आर्थिक वर्षमा १३३ कुष्ठरोगका बिरामी थिए भने यस आर्थिक वर्षको पुस मसान्तसम्म ५३ बिरामी पहिचान भई विभिन्न अस्पतालबाट उपचार लिइरहेका छन् ।

    गत आर्थिक वर्षमा पहिचान भएका १३३ कुष्ठरोगीमध्ये २९ महिला र ४२ पुरुष जटिल अवस्थाका र ३४ महिला तथा २८ पुरुष सामान्य अवस्थामा रहेका थिए । जटिल अवस्थामा रहेका रोगीलाई कम्तीमा १२ देखि २४ महीना नियमितरुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ भने सामान्य अवस्थाका रोगीले कम्तीमा छ महीना सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालयका अधिकृत एवं क्षय कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिनुभयो ।

    चालू आर्थिक वर्षको पुस मसान्तसम्म पहिचान भएका ५३ कुष्ठरोगीमध्ये नौ महिला र १९ पुरुष जटिल अवस्थाका तथा १२ महिला र १३ पुरुष सामान्य अवस्थामा रहेका छन् । बाँकेको जानकी गाउँपालिकामा यस वर्ष सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा १४ कुष्ठरोगी फेला परेका छन् । यसैगरी जानकी गाउँपालिकामा १०, नरैनापुर गाउँपालिकामा सात, खजुरा गाउँपालिकामा छ, कोहलपुर नगरपालिकामा पाँच, बैजनाथ गाउँपालिकामा पाँच, डुडुवा गाउँपालिकामा पाँच र राप्तीसोनारी गाउँपालिकामा एक कुष्ठरोगी फेला परेका हुन् ।

    स्वास्थ्य संस्थामा जाँच गर्न आएका व्यक्ति, उनीहरुको सम्पर्कमा रहेका घरपरिवारका व्यक्तिको जाँच र आइएनएफले सञ्चालन गरेको साइनिङ अस्पतालमा उपचारका लागि आएका बिरामीबाट कुष्ठरोगीको पहिचान गरिँदै आएको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहले बताउनुभयो । उहाँले स्वास्थ्यचौकीसम्म पुग्न नसकेका, लुकीछिपी बसेका जिल्लाका कुष्ठरोगीलाई पु¥याउन सरोकारवाला निकायसँगको समन्वयमा कार्यक्रम निरन्तररुपमा सञ्चालन भइरहेको बताउनुभयो ।

    बाँकेमा विभिन्न ठाउँबाट स्थानान्तरण भएर आउने, नियमित उपचार लिन नआउने, रोगबारे जानकारी नराख्ने, रोग लुकाउन खोज्नेजस्ता कारणले कुष्ठरोगका बिरामी बढ्दै गएको शाहको भनाइ छ । प्रमुख शाहका अनुसार सरोकारवालासँगको समन्वयकारी कार्यक्रमबाट समुदायमा अज्ञानतावश लुकीछिपी रहेका बिरामी पत्ता लगाउन मद्दत पुग्ने, जनचेतना अभिवृद्धि हुने, सक्रिय खोजपड्ताल विधिबाट बिरामीको पहिचान गरी समयमा उपचार गराएर अङ्गभङ्ग हुनबाट जोगाउन सकिन्छ ।

    कुष्ठरोगका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको आइएनएफ बाँकेका प्रबन्धक श्याम विकले भेदभावका कुरा अहिले पनि समाजमा विद्यमान रहेका कारण कुष्ठरोगीले रोग लुकाउने र समयमै उपचार नपाउने अवस्था रहेको बताउनुभयो । “कयौँ व्यक्तिले औषधि सेवन गरेर रोग निको भए पनि घर परिवार तथा समाजबाट लाञ्छना र भेदभाव हुने डरले परिवारसँग जानकारी नगराउने अवस्था पनि रहेको छ”, उहाँले भन्नुभयो, “पहिलेको भन्दा परिवर्तन भएको छ, अझ धेरै परिवर्तन हुन बाँकी रहेको छ ।”

    उहाँका अनुसार कुष्ठरोग बिरामीको श्वासप्रश्वासबाट सर्ने एउटा सरुवा रोग हो । रोगीले लामो समयसम्म उपचार नगराएमा शरीर अङ्गभङ्ग हुने सम्भावना हुने गर्दछ । कुष्ठरोगीको उपचार सरकारले निःशुल्क गरेको छ । कुष्ठरोग लागेमा शरीरमा हातखुट्टा झमझम हुने, शरीरको कुनै भागमा छुँदा थाहा नहुने, लाटोफुस्रो दाग देखापर्नु, हातखुट्टामा नदुख्ने घाउ देखापर्ने हुन्छ ।

    रामपुरका तीन सय सात जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण
    आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या वृद्धि
    मादलले बजार पाएपछि जुठे बादी प्रसन्न

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.