रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने आमा सामान्य घाइते भएकी छिन् । मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–७ जेलबाङका ९ वर्षीय अभिशेख पुन रहेका छन् ।
जंगल हुँदै गाउँपालिका केन्द्र पोबाङबाट घर जाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उनको आमा सामान्य घाइते भएको र उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।








