• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

भारतले रेल सेवा सुरु गर्दा प्रदेश १ मा २० हजार मानिस भित्रिने अनुमान

  •   बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विराटनगर । भारतमा रेल सेवा सुरु भएसँगै प्रदेश १ मा २० हजार भित्रिने अनुमान गरिएको छ । अहिले पनि केही मानिस आइरहेकोमा रेल सेवा सुरु भएसँगै ठूलो संख्यामा नेपालीहरू भित्रिने अनुमान प्रदेश सरकारले गरेको हो ।

    रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामध्ये तत्काल २० हजार फर्कने सम्भावना रहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की बताउँछन् । ‘२० हजार तत्काल फर्कन्छन् भन्ने हाम्रो प्रारम्भिक अनुमान हो,’ उनी भन्छन्, ‘यसरी आउँदा होल्डिङ एरियामा राखेर सम्बन्धित जिल्लामा पठाउँछौं ।’

    प्रदेश १ का ३२३ स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । ती क्वारेन्टाइनमा ५ हजार ७५७ बेड छन् । त्यस्तै ५३ स्थानमा ४४९ बेडको आइसोलेसन तयार गरिएको छ । चार स्थानमा ४४ बेडको आईसीयू निर्माण गरिएको छ ।

    भारतमा आंशिक रुपमा रेल सेवा सुरु भएसँगै प्रदेश १ मा क्वारेन्टाइन बेडको संख्या थप गर्ने तयारी छ । भारतबाट आउनेहरुलाई राख्न जिल्लास्थित सदरमुकाम आसपास क्वारेन्टाइन निर्माण गर्न १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले बताए । ‘सम्बन्धित जिल्लामा आउनसक्ने संख्याको आँकलन गरेर क्वारेन्टाइन तयार गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘भारतबाट आएकाहरुलाई सुरुमा नाकामै होल्ड गर्छौं, स्वास्थ्य जाँचपछि सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउँछौं ।’

    के हुन्छ होल्डिङ एरियामा ?

    भारतीय सीमा क्षेत्र आसपास निर्माण गरिने होल्डिङ एरिया २ हजार जनासम्म अटाउने गरी बनाउन लागिएको उनले बताए । खाडी मुलुकबाट फर्कनेलाई पनि व्यवस्थापन गर्न पूर्वतयारी गरिएको उनको भनाइ छ ।

    ‘भारतबाट मात्र होइन मलेसिया र अन्य खाडी मुलुकबाट नेपालीहरु आउँछन्,’ उनले भने, ‘प्लेन खुलेपछि आउनेहरुलाई पनि सम्बन्धित क्षेत्रमा राख्ने योजना छ ।’ नाकामा होल्डिङ एरिया निर्माण गर्न सार्वजनिक स्थान तथा शैक्षिक संस्था प्रयोग गरिने उनले बताए ।

    मन्त्री कार्कीका अनुसार सीमा क्षेत्रमा निर्माण गरिने होल्डिङ एरियामा भारतबाट प्रवेश गर्नेहरुलाई राखिन्छ । प्रहरीको निगरानीमा राखिनेहरुको सबै विवरण टिपिन्छ । यसरी टिपोट गर्दा उनीहरुको ठेगाना, परीक्षण गरे-नगरेको अवस्था बुझेर अन्य स्वास्थ्य जाँच पनि गरिन्छ ।

    किट उपलब्ध भएको अवस्थामा कोरोना परीक्षण हुन्छ । किट नभएको अवस्थामा सामान्य व्यक्तिलाई सम्बन्धित जिल्लामा निर्माण गरिएको क्वारेन्टाइनमा राख्न पठाइन्छ । शंकास्पद व्यक्तिलाई आइसोलेसनमा भर्ना गरिन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.