काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अर्थ तथा योजना विभागका सचिव डा. गोविन्द बहादुर थापाको कोरोनाका कारण निधन भएको छ ।
बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा थापाको मंगलबार बिहान निधन भएको हो । थापालाई पछिल्लो दुई हप्तादेखि भेन्टिलेटरमा राखिएको थियो। कास्कीका स्थायी बासिन्दा थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकारसमेत भएका थिए ।
थापाका श्रीमती, एक छोरा र एक छोरी छन्। (हामी हाम्रा स्तंभकार तथा शुभचिन्तक डा.थापाको निधनप्रति गहिरो दुख व्यक्त गर्दछौं। साथै, हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।)








