गुल्मी । अप्राकृतिक मैथुन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा चन्द्रकोट गाउँपालिका बस्ने पीडितकै ४५ वर्षीय हजुरबुवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
घरमा कोही नभएको अवस्थामा उनले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।








