चितवन । हेल्प फर हेप्पिनेस चितवनद्धारा आज भरतपुरको बुद्धचोक स्थित १२ घरपरिवारलाई राहत सामाग्री वितरण गरेको छ । दैनिक ज्याला मजदुरीबाट गुजारा चलाउदै आएका घर परिवारलाई लक्षित गर्दै खाद्यान्न बितरण गरेको हो ।
संस्थाले दाल ,चामल तेल ,नुन र आलु लगायत खाद्य सामाग्री वितरण गर्दै आएको संस्थाका अध्यक्ष रमन वाग्लेले बताउनु भयो । संस्थालले अन्य दाता तथा सहयोगी हातहरुबाट सहयोग संकलन गर्दै जिल्लाका विभिन्न स्थानमा राहत वितरण गर्दै आएको अध्यक्ष वाग्लेले जानकारी दिनु भयो ।
सो क्रममा बोल्दै उहांँले यस राहत कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुरयाउने प्रति आभार प्रकट गर्नुभयो । यस संस्थाले यसअघिपनि यस्ता विपन्न घरपरिवारलाई लक्षित गर्दै राहत वितरण गर्दै आएको छ ।









