चितवन । नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य सुनिल खड्काले महासघ चितवनलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । खड्काले आज भरतपुरस्थित साखा कार्यलयमै पुगेर महासघका उपाध्यक्ष प्रमिता ढकाल र सहसचिब उर्गेन तामाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
एक हजार थान मास्क र सेनिटाइजर हस्तान्तरण गर्दै के स खड्काले कोभिड महामारिको समयमा फ्रन्टलाइनर पत्रकारहरुलाई सहज होस भन्ने उदेश्यका साथ सामाग्री सहयोग गरेको बताउनुभयो । उहाले सो क्रममा जिल्लाका कृयासिल पत्रकार र मिडियाका बिसयमा जानकारी पनि लिनुभएको थियो ।
खड्काले जिल्लामा कृयासिन पत्रकार र मिडियाको अबस्था बुझ्न र स्वास्थ्य सामाग्री सहयोग गर्ने कार्यक्रम अनुसार आफुहरु विभिन्न जिल्लामा निस्किएको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा पत्रकार महासघ चितवनका निबर्तमान उपाध्यक्ष सान्ता अधिकारी र पत्रकार चिन्तामणी पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।








