पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जीपका सहचालकको ज्यान गएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ७३८७ नंको पिकअप जीपमा हिजो राति माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको ज्यान गएको हो ।
घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । जीप चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते हुनुभएको छ । प्रहरीका अनुसार उहाँको अवस्था सामान्य रहेको बुझिएको छ ।








