चितवन । चितवनको खैरहनी नगरपालिका २ स्थित लदरी खोलामा बाढीले भत्काएको पुलको निर्माण प्रक्रिया सुरु गरिएको छ । गत असार तेश्रो साता आएको बाढीले सो पुलको बीचको पिल्लर धसिएर भाँचिएको थियो । पुल भाँचिए लगत्तै नगरपालिकाले चासो राख्दै निर्माणको प्रक्रिया सुरु गरेको हो । बाढीपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले समेत स्थलगत निरीक्षण गरेका थिए ।
निरीक्षणका क्रममा प्रदेश सरकारले पुल निर्माण गर्ने संकेत गरेपछि खैरहनी नगरपालिकाले निर्माणको काम सुरु गरेको हो । त्यो वेला मुख्यमन्त्री पौडेलले नगरपालिकाले विस्तृत प्रोजेक्ट रिपोर्ट ( डिपिआर ) तयार गरेर प्रदेश मन्त्रालय आउन भनेका थिए । सोही अनुसार नगरपालिकाले डिपिआरको काम सुरु गरेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले वताए । सक्दो चाँडो डिपिआरको काम सक्छौ नगर प्रमुख चौधरीले भने – त्यसपछि मन्त्रालयले ठेक्का प्रक्रिया अघि वढाउला ।
मुख्यमन्त्री पछि भौतिक मन्त्री रामेश्वर फुयाँलले समेत सो पुलको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा भौतिक मन्त्री फुयाँलले डिपिआर तयार भएको एक महिना भित्र ठेक्काका लागि सुचना प्रकासन गरेर काम थाल्ने वताएका थिए । अहिले वर्षाकै समय रहेकाले अस्थायी बाटो वनाईएको छैन् । पुल भत्किए देखिनै चिन्ता सवै चिन्तित छौ, तर अहिले वर्षा जारी छ नगर प्रमुख चौधरीले भने – तत्काल अस्थायी बाटो वनाउँदा बाढीले वगाउन सक्छ,केही समयपछि विकल्पमा जानेछौ ।
पुल भत्किएको छोटो समयमै निर्माण प्रक्रिया सुरु भएको भन्दै नगर प्रमुख चौधरीले केही समय धैर्य गर्न आग्रह गरेका छन् । लदरी पुल भत्कदा अहिले वडा नम्वर २,३ र ४ का स्थानीयलाई आवतजावत गर्न समस्या परेको छ । खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनीले पुल भत्कदा मुख्य वजार जोडिएको पर्सा आवतजावत गर्न वैकल्पिक बाटो रोज्नु परेको वताए । ति वडाहरुलाई जोड्ने विषेश सडक भित्र सो पुल पर्छ । पुल भत्कदा अहिले वडा नम्वर ३ को पुल हुदै र चैनपुरचोक देखी उत्तर तर्फको बाटो प्रयोग गर्नु पर्ने वाध्यता रहेको वडाध्यक्ष इटनीले जानकारी दिए ।
लदरी पुल निकै दुख र मिहिनेतले निर्माण गरिएको सम्झदै वडाध्यक्ष इटनीले बाढीले पुल भत्काउँदा स्थानीयलाई समस्या परेको वताए । धान्याचल लगाएर सो पुल निर्माण सुरु गरिएको थियो । सडक बोर्ड,तत्कालिन जिल्ला विकास समितिबाट समेत प्राप्त रकमले निर्माण सम्पन्न नभएपछि संघीय सरकारले थप एक करोड निकासा गरेपछि पुल निर्माण सम्पन्न भएको वडाध्यक्ष इटनीले वताए ।








