चितवन । उद्योग वाणिज्य संघ खैरहनीले अफ्नो सदस्यहरुको दुर्घटना विमा गर्ने भएको छ । संघमा दर्ता भएका प्रोप्राइटरसीप फर्मको प्रोपाइटरहरुको एक लाख रुपैयाको दुर्घटना विमा गर्न लागेको हो ।
व्यवसायीहरुलाई संघको अनुभुति दिलाउन विमाको अवधारणा ल्याइएको उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठले बताए । विमाको सुविधालिन अनिवार्य रुपमा फर्म नविकरण गर्नुपर्ने जनाइएको छ । त्यस्तै कोभिड १९ को मारमा परेका व्यवसायीहरुलाई मध्यनजर गरेर असोज मसान्तसम्म नविकरण गर्नेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
संघले आज एक सूचना जारी गर्दै भदौ १० गतेभित्र नविकरण गर्ने फर्महरुको पहिलो चरणमा विमा गरिने जनाइएको छ । फर्म नविकरणको लागि नागरिताको फोटोकपी , नगरपालिकामा फर्म दर्ता , आन्तरिक राजस्व कार्यालयमा दर्ता ( प्यान दर्ता ) को फोटोकपी पेश गरेर नविकरण गर्न सूचना जारी गरेको छ ।








