चितवन । चितवनमा चार दिनमा विभिन्न मुद्दाका ८९ फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको फरार प्रतिवादी पक्राउ अप्रेसनको क्रममा भदौ ८ देखि ११ गतेसम्म चोरी, लागुऔषध, बहुविबाह, वन पैदावार, किर्ते, जुवा, सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद, सवारी अंगभंग, सवारी ज्यानलगायत मुद्दामा कैद तथा जरिवाना तोकिई फरार प्रतिवादी पक्राउ परेका हुन् ।
जसमध्ये ८१ जना पुरुष र ८ जना महिला छन् । उनीहरुलाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालत बुझाइएको प्रहरीले जनाएको छ ।








