काठमाडौं । यही जेठ २५ गतेभित्र कर तिर्न राजश्व विभागले दिएको निर्देशन नमान्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकलाई आह्वान गरेको छ।
चैत ११ गतेदेखि देशभर लकडाउन लागू भइरहेको भए पनि विभागले मंगलबार सूचना प्रकाशन गरी सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ।
यही निर्देशन अवज्ञा गर्न कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत नागरिकलाई आह्वान गरेका हुन्।
उनले ट्विटमा लेखेका छन्, ‘सांसद विकास कोष खारेज गर्न साहस नराख्ने, अनि ठप्प व्यवसायलाई कर ताकेता! जेठ २५ भित्र कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प छैन।’
उनले अगाडि लेखेका छन्, ‘गलैंचा, जिमखाना र यो ताकेता साेध्न चाहन्छु कसैको व्यक्तिगत सनकमा देश चल्दैछ कि यही हो कम्युनिस्ट समाजवादको आधारशिला !








