• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

गुट उपगुटको अन्त्य नभई कांँग्रेस बलियो हुन सक्दैन : प्रवक्ता हेमन्त वास्तोला ‘विश्व’ ( नेपाल तरुणदल चितवन )

  •   शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    प्रजातान्त्रिक योद्घा महामानव वि.पि.कोइरालाले २०१० साल कात्तिक १० गते नेपाल तरुणदलको स्थापना गर्नुभएको यो संस्था नेपाली कांँग्रेसको भातृसंगठन मध्ये सबैभन्दा जेठो संंंस्था हो ।

    १०४ वर्षको जहानिया राणाशासनको अन्य र २००७ सालको प्रजातन्त्र स्थापनापछि नेपाली राजनीतिलाई गतिशिल बनाउने, युवा सरोकारका मुद्दालाई मुर्तरुप दिने साथै नेपाली कांग्रेस पार्टीको राजनीतिलाई समाजवाद उन्मुख बनाउने ध्येयका साथ तरुणदल स्थापना भएको हो । देशभर तरुणदलको सञ्जाल रहेको छ ।

    २००७ सालको क्रान्ति सफल गर्नका लागि कांग्रेसले खडागरेको मुक्तिसेनाको प्रजातन्त्र स्थापना पश्चात बिघटन गरिएको थियो । त्यसपछि नेपाली कांग्रेसमा खड्किएको युवा संगठनको आवश्यकतालाई मध्यनजर गर्दै नेपाल तरुणदलको स्थापना भएको कांग्रेस नेताहरु बताउंँछन । प्रजातन्त्र विरोधिहरु सलबलाउन थालीसकेकाले प्रजातन्त्रका पक्षमा उभिन सक्ने बलियो युवाहरुको जमाात तयार गर्ने हेतुले तरुणदल गठन गरिएको हो भन्ने आम नेताहरुको बुझाई छ ।

    नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउने, पार्टीलाई समाजवादमा रुपान्तरण गर्नका लागि नेताहरुलाई दवाव श्रृजना गर्ने, जनतालाई प्रजातन्त्रका बारेमा सुसूचित गर्ने कार्यमा पार्टीलाई तरुणदलले सहयोग पुरयाउंँदै आएको छ । नेपाली कांग्रेसको २०१२ सालमा विरगञ्जमा भएको महाधिवेशनले आफ्नो संगठनलाई समाजवादी पार्टी घोषणा गरेको र २०१५ सालमा भएको पहिलो निर्वाचनमा नेपाली कांग्रेसलाई दुइतिहाई सिटसहित पहिलो पार्टी बनाउन बिशेष भूमिका रहेका थियो भन्ने विश्वास गरिन्छ ।

    त्यस्तै हरेक प्रजातान्त्रिक आन्दोलनमा चितवनले अगुवाई गर्दै आएकोले पनि चितवनमा कांँग्रेसको योगदानलाई निकै चासोको रुपमा हेर्ने गरिन्छ । पछिल्लो समय युवाले हरेक संगठनको नेतृत्व लिनुपर्छ भन्ने आवाज उठिरहेका बेला चितवनमा पनि कांँग्रेसका सबै भातृसंगठन उत्तिकै सक्रिय र जुझारु रहंँदै लोकतन्त्रको रक्षा र संर्वद्धनको लागि आवाज उठाउंँदै आएका छन । यसै शिलशिलामा चितवनमा तरुण दलको अवस्था, भूमिका , योगदान के छ र तरुणदलले कसरी पार्टीलाई सहयोग गर्दै आएको छ लगायत १४ औं महाधिवेशनलाई लक्षित गर्दै युवा तथा जुझारु नेता एवं तरुणदलका प्रवक्ता हेमन्त –विश्वास वास्तोला संँग गरिएको कुराकानीको अंश ।

    तपाईंको राजनीतिक पृष्ठभूमि के हो ?

    वास्तवमा भन्नुपर्दा मेरो तीन पुस्ता देखिनै कांँग्रेस राजनीतिमा सक्रिय रहंँदै आएको छ । जसले गर्दा म पनि कांँग्रेस परिवार र पृष्ठभूमि हुंँर्के । मेरो राजनीतिक संस्कार र स्कुलिङ्ग नै कांँग्रेस पार्टीबाट भयो । सानैदेखि मेरो हजुरबुबा र बुबाले गर्दै आउनु भएको राजनीतिले मलाई कांँग्रेस पार्टीमा आकर्षण गर्यो । उहांँहरुले पञ्चायतकालबाट नै जिल्लाका तात्कालिन शिर्षस्थ नेताहरुबाटनै पार्टीमा योगदान गर्दै आउनु भयो । निष्ठा र इमान्दारीताको राजनीति गर्दै आउनु भयो । त्यो मार्गनिर्देशन नै मेरो लागि कांँग्रेसको राजनीतिक यात्रा बन्यो ।

    तपाईं कांँग्रेस पार्टीमा कसरी प्रवेश गर्नुभयो ?

    म सानै हुंँदा पञ्चायतकालमा भनौं बुबा कांँग्रेसको सक्रिय राजनीति गर्नुहुन्थ्यो । मेरो बुबा हाल भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित विश्व प्रकाश माविको शिक्षक पनि हुनुहुन्थ्योे । शैक्षिक पेशा संँगै वहांँ साविक मंगलपुर गाविसको नेता हुनुहुन्थ्यो । त्यति बेला जिल्लाका वरिष्ठ नेता रामकृष्ण घिमिरे, टेकप्रसाद गुरुङ्ग लगायतका नेताहरुसंँगै राजनीति उहांँले गर्नुभयो । तात्कालिन समयमा कम्युनिष्ट पार्टीहरुले हाम्रो बुबालाई मरणासन्न हुने गरी कुट्थे । दुःख दिन्थे , हेप्थे, पीडा दिन्थे । त्यस्तो बेलामा मेरो बालापनको उमेरमा मैले टुलुटुल हेर्ने शिवाय केही थिएन । त्यसले गर्दा मेरो मस्तिष्कमा कम्यनिष्ट प्रति घृणा, द्धवेष जाग्यो । त्यतिमात्र होइन राज्यपक्षबाट पनि हाम्रो परिवारमाथि धेरै धरकपड भयो । प्रहरीले हाम्रो घरमा आएर पटक पटक धेरै दुःख दिन्थे ।

    म जब ठूलो हुदै गए मलाई कांँग्रेस प्रति ठूलो सद्धभाव , आत्मियता जाग्यो । मलाई बालमष्तिष्कमा कांँग्रेस नशा नशामा पुगेजस्तो भयो । म स्कुल पढ्दापनि घरमा विपिका पुस्तकहरु हुन्थे । मै ती किताबहरु अध्ययन गरे । विपिका विचारले पनि मलाई कांँग्रेसमा प्रवेश गर्ने हुटहुटी जाग्यो । तपाई भन्नुहुन्छ भने म पार्टीमा क्रियाशील सदस्यता लिएको नै १६ बर्ष पुग्यो । मेरो नशा नशामा कांँग्रेस छ । काँग्रेस बाहिरी रुपबाट बनिंँदैन यो भित्री मनबाटनै, लगावबाटनै हुनुपर्छ । सच्चा कांँग्रेस बन्न घरबाटनै संस्कार र प्रशिक्षण लिनुपर्छ । यसैले म हजुरबुबाको स्कुलिङ्ग बाट बुबाले र बुबाको स्कुलिङ्ग बाट मैले कांँग्रेस पार्टीमा प्रवेश गरेको हुंँ ।

    तपाईंको कांँग्रेस पार्टीको राजनीतिक यात्रा कहिले देखि शुरु भयो ?

    मैले स्कुल देखिनै स्कुल कमिटीबाटनै राजनीतिक यात्रा शुरु गरेको हुंँ । विश्वप्रकाश माविबाटनै मैले राजनीतिक यात्रा शुरु गरेको हुंँ । म सानैदेखि कांँग्रेसको राजनीतिमा लागेको व्यक्ति हुुंँ । जो निष्ठावान राजनीति गर्न चाहन्छ ,उसले बुझेर राजनीतिमा प्रवेश गर्नुपर्छ । लहैलहैमा सच्चा काँग्रेस बनिदैन । र अर्कोकुरा निरन्तर अहिले सम्म कांँग्रेसको राजनीतिमा लागिरहेको छु । र विभिन्न राजनैतिक आन्दोलनमा मैले निरन्तर आफ्नो आवाज उठाउंँदै आएको छु । म काँग्रेसको सिद्धान्त आत्मसात गर्दै म अहिले जिल्लाको तरुणदलको प्रवक्ताको जिम्मेवारीमा छु ।

    तपाई चितवनमा कांँग्रेस भातृसंगठन तरुण दलको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ, जिल्लामा तरुण दलको अवस्था के छ ?
    हिजोका दिनहरुमा पनि चितवन जिल्लाको तरुणदल बलियो थियो । अहिले पनि तरुण थप बलियो बन्दै गएको छ । तरुणदल बलियो हुनु अहिलेको आवश्यकता पनि हो । अब हरेक संगठनमा युवाको नेतृत्व हुनुपर्छ भन्ने मेरो मान्यता छ । तर यसो भन्दैमा सिनियर नेता तथा कार्यकर्तालाई वाइपास गर्न मिल्दैन । तरुणदल संगठनले पनि प्रमाणित गर्दछ की यो युवाहरुको समुह हो । विगतमा भन्दा अहिले तरुणदल थप मजबुत हुंँदै गएको छ । युवाहरुको यसमा आकर्षण बढ्दै गएको छ । हामी संगठन विस्तार गर्दै लगेका छौं । किनकी कुनै पनि संगठनमा जो कोही आउंँदा पनि पार्टीको, संगठनको सिद्धान्त , विचारको बारे राम्रो ज्ञान हुनु जरुरी छ । म यही स्कुलिङ्गबाट आएको नेता भएकोले पनि मेरो अनुभव, दक्षता अनुसार मैले तरुण दलका साथीहरुलाई कन्भिन्स गर्दै आएको छु । चितवनको परिप्रेक्ष्यमा भन्ने हो भने तरुणदलको अवस्था बलियो छ ।

    जिल्लामा तरुण दलले मातृ संस्था कांँग्रेस पार्टीलाई कसरी सहयोग गरिरहेको छ र अन्य भातृसंगठनको समन्वय कसरी गर्दै हुनुहुन्छ ?
    जिल्लाको कुनैपनि कार्यक्रममा, कुनै पनि आन्दोलनमा , प्रर्दशनमा हामी एकताबद्ध भएर काम गरिरहेका छौं । पार्टीलाई वा पार्टीका अन्य भातृसंगठनलाई समस्या पर्दा हामी एकै ठाउँमा उभिएर समस्या समाधन गरिरहेका हुन्छौं । पार्टीमा विभिन्न संगठन र विभिन्न तहतप्कामा साथीहरु भएपनि हाम्रो उद्धेश्य र गन्तव्य एउटै छ । हामी एक अर्काका परिपुरक हौं । र जिल्लाको हकमा कुरा गर्नुहुन्छ भने मैले तरुणदलको हैसियतले नेपाली कांँग्रेसलाई अघि बढाउन , कांँग्रेसमाथि दमन गर्नेमाथि प्रतिकार गर्न हामी पछि हटेका छैनौ । कांँग्रेस पार्टी प्रतिपक्षमा रहंँदा हामी ओलीको सरकारको निरंकुश प्रवृतिको विरुद्ध हामीले विरोध प्रर्दशन गर्यौं, आन्दोलन गर्यौं । म आफै आन्दोलनमा प्रर्दशनमा सहभागी हुंँदा प्रहरीको लाठी र बुट खाएको व्यक्ति भएकोले कांँग्रेस पार्टी सरकारमा हुंँदा या नहुंँदा पनि तरुण दलले आफ्नो संगठनको तर्फबाट सहयोग गर्न कुनै कसर बांँकी राखेको छैन । अहिले जिल्लामा कांँग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ । यसमा हामीले वडास्तरदेखिनै युवाहरुको प्रतिनिधित्व गर्नुपर्छ भन्ने अभिप्रायका साथ सक्षम, उर्जाशील युवाहरुलाई अगाडि ल्याईरहेका छौं । जिल्लाका नेता तथा उम्मेदवारलाई पनि तरुणदलले निरन्तर सहयोग गरिरहेको छ ।

    काँग्रेसलाई देशभर बलियो बनाउन के गर्नुपर्ला ?

    वास्तवमा भन्ने हो भने कुनैपनि पार्टी बलियो हुनलाई त्यसका भातृसंगठन बलियो हुनुपर्छ । भातृसंगठन बलियो भएन भने पार्टी बलियो हुंँदैन । पछिल्लो समय कांँग्रेस कमजोर हुंँदै गयो भन्ने चिन्ता भईरहेको छ । जसले गर्दा हामीले अघिल्लो स्थानीय तथा संघीय निर्वाचनमा हार बेहोर्नुपरेको सर्वविदितै छ । पार्टीलाई बलियो बनाउन तल्लोतहदेखिनै प्रशिक्षण आवश्यक छ । पार्टीको सिद्धान्त र म्यान्डेट के हो ? भन्ने कुरा वडा तहबाट सिकाउनु जरुरी छ । पार्टीको सिद्धान्त विचारधारा बारे नेताहरुले कार्यकर्तालाई गहिरो रुपमा प्रशिक्षण नदिइकन पार्टी बलियो हुन सक्दैन । हामीले यदाकदा सुनेका हुन्छौं कांँग्रेस पार्टी छाडेर अर्को पार्टीमा गए भन्ने कुरा ! यो हाम्रो कमजोरी हो । हामीले त्यस्ता कार्यकर्तालाई चित्त बुझाउन सकेनौ । हामीले राम्रो संँग प्रशिक्षित गर्न सकेनौ । अर्को कुरा पार्टीमा गुट अन्र्तगुट हाबी छ । हामी भाई भाई एक अर्कामा लडिरहेका छौं । गुट र खेमा भनेर एक अर्कामा आग्रह , पूर्वाग्रह राखेका छौं । कुण्ठा पालेका छौं । जबसम्म यी कमजोरीलाई सुधार्दैनौ हाम्रो पार्टी संगठन बलियो हुन सक्दैनौं । छोटकरीमा भन्ने हो भने गुटको अन्त्य गरेर सबै सिंगो कांँग्रेस पार्टीमा गोलबन्द हुन आवश्यक छ ।

    जिल्लाको वडा देखि जिल्ला तहको अधिवेशनमा तपाईको भूमिका के छ ?

    हामी तरुणदलले चाहे हाम्रो माउ पार्टी होस या भनौं अन्य भातृसंगठन होस सबैलाई सहयोग र समन्वय गरिरहेको छ । म तरुणदलको प्रवक्ता र सक्रिय सदस्य भएकोले पार्टीका हरेक गतिविधिमा चासो र चिन्ता हुन्छ नै । अहिले १४ औं महाधिवेसनको प्रक्रिया चलिरहेका बेला मैले र हाम्रो तरुणदलले गर्नुपर्ने भूमिकामा कुनै कमी कमजोरी हुन दिएको छैन । शायद तरुणदलको यो सक्रिय भूमिका भएकै कारण पार्टीमा अहिले युवाहरुलेने नेतृत्व गरिरहनु भएको छ । मेरै १५ नम्बर वडा र वडा नम्बर ७ मा को अधिवेशनका लागि कति भूमिका निभाएंँ जिल्लाका नेताहरुलाई सोध्न सक्नुहुन्छ । आखिर यो अधिवेशनमा जो आएपनि कांँग्रेस आउने हो । रुख आउने हो ।

    कांँग्रेसमा अन्तर पार्टी विवाद , संगठन भित्र विवाद भईरहन्छ , यसको समस्याको समाधान कसरी होला?

    यो सामान्य विवाद , छmलफल , भन्ने कुरा हाम्रो पार्टीमा मात्र नभई अन्य पार्टीमा पनि भईरहेको हामीले नसुनेको , नदेखेको होइनौ । यो आन्तरिक कलह , असमझदारीलाई हामीले पार्टीभित्रै मिलाउन सक्नुपर्छ । हामीले सबै तहतप्कालाई समानुपातिक ढंगले मिलाएर लैजान सक्नुपर्छ । अर्को कुरा पार्टी कसरको योगदान र भुमिका कस्तो छ । उसको पार्टी संगठनमा सक्रियता कत्तिको छ । उसले पार्टीलाई कत्तिको सहयोग गरिरहेको छ र उ कुन पृष्ठभुमिबाट आएको हो । सो को आधारमा मुल्यांकन हुनुपर्छ ।

    यी कुराहरुलाई अक्षरस पालना गर्दै जाने हो भने यस्ता साना तिना समस्या सल्टिहाल्छ ।

    तपाईले तरुणदल मा रहेर राजनीति मात्रै नगरीकन अन्य सामाजिक काम के के गर्नु भएको छ ?

    तरुणदल एउटा पार्टीको मात्र भातृसंगठन होइन यो हरेक युवाको मुटुको ढुकढुकी हो । पार्टीको मेरुदण्ड हो । तर यति भनेर मात्रै हामी हाम्रो दायित्वबाट पन्छिन सक्दैनौं । तरुणदलले सामाजिक कार्यामा पनि उत्तिकै सक्रियता देखाउंँदै आएको छ । चाहे भुकम्प होस। बाढी पहिरो किन नहोस हामीले हाम्रो तर्फबाट सहयोग गरिरहेका छौं । त्यस्तै कोभिडको बेलामा पनि मेरै संयोजन र समन्वयमा विभिन्न ठाउंँ , टोल , अन्य सामाजिक संस्थालाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्यौं । यही कोभिडको समयमा जिल्लाका अस्पतालमा रगतको अभाव कम हुन नदिन मैले मेरै नेतृत्वमा मंगलपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरयौं जहांँ २३४ जनाले रक्तदान गर्नु भएको थियो ।

    तपाईको नेपाली कांँग्रेसको राजनीतिमा भविष्यमा के योगदान हुनेछ ?

    मेरो सारा जीवन अब नेपाली कांँग्रेसमै समर्पित हुनेछ । मैले मेरो बुबाको सपना पुरा गर्ने ममा अभिभारा छ । चाहे म पार्टीको जुनसुकै संगठनमा भएपनि पार्टीलाई सहयोग गर्न तयार छु । भवियष्मा पार्टीले , संगठनले, जनताले मेरो कामको, भुमिकाको र सक्रियताको मुल्यांकन गरी जुन पद तथा जिम्मेवारी दिन्छ म त्यो पार्टीको चेन अफ कमाण्ड अनुसार शिरोधार्य गर्नेछु । भविष्यमा कांँग्रेसलाई एक ढिक्का बनाएर सधैभर देशमा एक नम्बर पार्टीको रुपमा स्थापित गर्ने मेरो धोको छ ।

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.