चितवन । संविधान दिवस २०७८ को उपलक्ष्यमा भरतपुर महानगरपालिकाको संयोजन र अन्य विभिन्न सङ्गसस्थाहरुको सहकार्यमा बृहत् सरसफाई अभियान सम्पन्न गरिएको छ । हाम्रो रहर, राम्रो सहरू भन्ने मुल नारा सहित सुरु गरिएको सरसफाई अभियानमा भरतपुर महानगरपालिका ,वेवे ग्रुप नेपाल, द युनाईटेड चितवन, नगर प्रहरी, नेपाल प्रहरी , ट्राफिक प्रहरी , अन्य विभिन्न सङ्गसस्थाहरु र स्थानियहरुको सहभागिता रहेको थियो ।
अभियानमा भरतपुर महानगरपालिकाकि उपप्रमुख पार्वती शाह, जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रमुख एस पि ओम प्रसाद अधिकारी, ट्राफिक प्रहरी प्रमुख भगवान राज भन्डारी , भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा , भरतपुर महानगरपालिकाका पर्बता तथा वडा न. १० का वडा अध्यक्ष अरुण पिडित भन्डारी , लगायतको समेत उपस्थिति रहेको थियो ।
अभियानकै क्रममा बोल्नु हुँदै उपप्रमुख शाहले हामी सबैको एउटै सपना भरतपुर महानगरलाई सुन्दर र सफा महानगर बनाउने भएको भन्दै यश अभियानमा सबैले साथ दिन आग्रह समेत गर्नु भयो । बिहान करिब ७ बजे बाट सुरु भएको अभियान करिब ८ बजे सम्मा चलेको थियो । अभियानमा झन्डै १५० भन्दा धेरै अभियान्ताहरुको सहभागिता रहेको थियो ।









