चितवन । चितवनका पुराना पत्रकार गणशेखर शर्माले आफ्नी श्रीमतीको सम्झनामा भरतपुरमा चौतारो निर्माण गरेका छन् । भरतपुर महानगपालिका वडा नम्वर १० मालपोत कार्यालयमा वरपिपलको रुखमा चौतारो निर्माण गरेका हुन् ।
उनले आफ्नी स्व श्रीमती विरा देवि शर्माको सम्झनामा १ लाखमा उक्त चौतारो बनाएका हुन् । चौतारोको मालपोत कार्यालयका प्रमुख कर्ण वहादुर कुँवर र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले संयुत्त रुपमा उद्घाटन गरे ।
उनकी श्रीमती शर्माको २०७१ सालमा निधन भएको थियो । उनी सम्पादक रहेको साप्ताहीक पत्रिका २३ वर्षदेखि निरन्तर वजारमा आईरहेको छ








