चितवन । चितवनमा भारी परिमाणामा विष्फोटक पदार्थ पटका सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २० चनौलीमा बस्ने भारत मोतिहारीका विकास शाह रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार चनौलीमा डेरा लिएर बसेका शाहको कोठामा खानतलासी गर्दा २०४४ पिस, रकेट पटका १०० पिस, झुरझुरे १०० पिस, ठुलो खुर्सानी पटका २ प्याकेट बरामद गरिएको थियो ।
शाहलाई पक्राउ गरी बिष्फोटक पदार्थ सम्बन्धी मुद्धामा जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धानभईरहेको प्रहरीले जनाएको छ।








