• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पाँच सवालः रसायनशास्त्रमा विद्यावारिधी गरेका एकीकृत समाजवादी विदेश विभागका सचिव डा. शंकर खतिवडाले कसरी पूरा गर्लान् जिम्मेवारी ?

  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    रसायनशास्त्रमा विद्यावारिधी गरेका डा. शंकर खतिवडा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को विदेश विभाग सचिव नियुक्त भएका छन्। उक्त पार्टीका वरिष्ठ नेता झलनाथ खनाल प्रमुख रहेको उक्त विभागले गर्ने विभिन्न कार्यक्रमलाई कार्यान्वयन गर्न सचिवको हैसियतले डा. खतिवडाको महत्वपूर्ण भूमिका हुन्छ।

    छुट्टै शैक्षिक पृष्ठभूमिबाट पार्टीको विदेश विभाग सचिव नियुक्त हुँदाको अनुभव र आगामी कार्ययोजनाबारे न्युज कारखानाले डा. खतिवडासँग गरेको कुराकानी:

    १. तपाईं प्राज्ञिक क्षेत्रको व्यक्ति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को विदेश विभाग सचिवको जिम्मेवारी पाउँदा कस्तो महसुस भएको छ?

    – म रसायनशास्त्रको रिसर्चमा लागिरहेको व्यक्ति हुँ। यति हुँदाहुँदै पनि म कहिल्यै राजनीतिबाट बिल्कुल टाढा थिइनँ। मैले राजनीतिलाई सामाजिक र आर्थिक क्षेत्रसँग जोड्न खोजिरहेको थिएँ।

    बाहिर भूमिका नपाए पनि मैले भित्रभित्र चाहिँ काम गरिरहेको थिएँ। दुई वर्षअघि श्रीलंकाको कोलम्बोमा आयोजित एक अन्तर्राष्ट्रिय कन्फेरेन्समा म सहभागी भएको थिएँ। त्यस कन्फेरेन्सबाट पनि राजनीति, परराष्ट्रलगायत विभिन्न विषयमा राम्रो सिकाइ भयो।

    परराष्ट्र क्षेत्र मेरा लागि नयाँ हो। त्यसैले यस क्षेत्रमा काम गरिरहेका विज्ञहरूसँग सरसल्लाह गरेर अगाडि बढ्नुपर्छ। विज्ञानमा काम गरिरहेको व्यक्तिका लागि यो जिम्मेवारी यसो हेर्दा अलि नौलो जस्तै देखिन्छ।

    २. तपाईंले रसायनशास्त्रमा विद्यावारिधी गर्नुभएको छ, आफूले पढेको विषय एउटा तर जिम्मेवारी चाहिँ अर्को जस्तो भएन र?

    –हैन, मलाई त्यस्तो महसुस भएको छैन्।। पार्टीको विदेश विभागमा रहेर केही काम गर्न सकिन्छ भन्ने मेरो बुझाइ रह्यो र शंकर खतिवडालाई जिम्मेवारी दिँदा पूरा गर्न सक्छ भन्ने विदेश विभागको पनि मूल्यांकन रह्यो।

    त्यसो त मैले कानुनको क्षेत्रमा पनि अध्ययन–अनुसन्धान गरेको छु। मैले वकिलको लाइसेन्स लिएकाले गर्दा पनि विज्ञानभन्दा बाहिरका विषयमा पनि रुचि रहेको स्पष्ट हुन्छ। यसबीचमा मैले इतिहास, दर्शन, कूटनीतिसम्बन्धी किताबहरू पनि अध्ययन गरेको छु। आगामी दिनमा अध्ययनको दायरालाई अझै फराकिलो पारेर अगाडि बढ्नुपर्छ भन्ने मेरो सोच छ।

    ३. पार्टीमा सिनियरहरू हुँदाहुँदै पनि तपाईंमा एकीकृत समाजवादीको विदेश विभाग सचिवको जिम्मेवारी चाहिँ कसरी आइलाग्यो?

    –विदेश विभाग सचिव रहेर पक्कै मैले केही गर्न सक्छु भन्ने आत्मविश्वास ममा जाग्यो। त्यसपछि मैले पार्टीको विदेश विभाग प्रमुख झलनाथ खनालज्यूसँग यस विषयमा कुराकानी गरेँ। उहाँ मप्रति सकारात्मक रहनुभयो। सोमबार काठमाडौंमा बसेको बैठकमा विदेश विभाग प्रमुखले सचिवमा मेरो नाम प्रस्ताव गर्नुभयो र सर्वसम्मतिले अनुमोदन भयो।

    मैले रसायनशास्त्रमा पिएचडी गरे पनि विदेश विभागमा रहेर मज्जाले काम गर्न सक्छु। पार्टीले यही मूल्यांकन गरेर मलाई जिम्मेवारी दिएको हुनुपर्छ।

    ४. के–कस्ता काम गर्ने योजना छ?

    –पहिलो काम, पार्टीगत हिसाबले हामीसँग नजिक रहेका विश्वभरका कम्युनिस्ट पार्टीलाई पत्राचार गर्नेछौं। उनीहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न पहल गर्छौ। स्थापना कालदेखि अहिलेसम्म कम्युनिस्ट पार्टीको बारेमा समीक्षा गर्नुपर्ने अवस्था आएको छ। नेपालमा कम्युनिस्ट पार्टीमा किन फुट आयो भन्नेबारेमा पनि विश्लेषण गर्नेछौं। विभिन्न विषयगत विज्ञहरूलाई बोलाएर कूटनीतिक विषयसँग सम्बन्धित रहेर ‘राउन्डटेबल’ गर्ने योजना छ।

    केपी ओली सरकारले विभिन्न मलुकसँगको कूटनीतिक सम्बन्धलाई बिगारेको र त्यसलाई सुधार्नका लागि नियमित संवादलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो धारणा छ। क्षणिक स्वार्थका लागि कूटनीतिक सम्बन्धलाई बिगार्नु हुँदैन। वस्तुगत यथार्थमा रहेर राष्ट्रिय हितलाई विभिन्न मुलुकसँग कूटनीतिक सम्बन्ध अगाडि बढाउनुपर्छ। समग्रमा, कूटनीतिक क्षेत्रका विविध आयाममा रहेर काम गर्दै अगाडि बढ्नेछौं।

    ५. हरेक पटक सरकार परिवर्तन भएसँगै नेपालमा राजदूत परिवर्तन गर्ने गलत संस्कृति हावी भएको छ, राजदूतमा हुने दलीय भागबन्डाले यो पदको अवमूल्यन भएको भन्ने टीकाटिप्पणी बाहिर आइरहेका छन्, यसबारे तपाईंको के भनाइ छ? 

    –राजदूत नियुक्तिको सम्बन्धमा विभिन्न छलफल भइरहेका छन्। कतिपयको पार्टीबाहिरका विज्ञहरुलाई राजदूत बनाउनुपर्छ भन्ने धारणा छ, अर्काथरिको पार्टीभित्रकै विज्ञहरूले उक्त पद पाउनुपर्छ भन्ने तर्क छ। यसरी राजदूत नियुक्तिलाई कसरी वैज्ञानिक बनाउने भन्नेबारे पनि छलफल गरिरहेका छौं।

    राजदूत नियुक्ति गर्दा अपनाइने मापदण्डलाई कडाइका साथ पालना गरिनुपर्छ। करिअर डिप्लोमेटका रूपमा राजदूत हुने प्रक्रिया त छँदै छ, राजनीतिक निर्णयका आधारमा गरिने राजदूत नियुक्तिलाई कसरी विश्वसनीय बनाउने भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ।

    क्यानडामा ‘ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
    संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
    कोपमा उपस्थित सबैले आफ्नो भूमिका प्रभावकारी र सशक्त रुपमा निर्वाह गरिरहनुभएको छ : सचिव डा खराल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.