• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन (किरण चेम्जोङसँगकाे अन्तर्वार्ता)

  •   बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    काठमाडौं ।  देशकै शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग ३ मंसिरबाट सुरू हुँदै छ । कुल १४ टोलीको सहभागीता रहने फुटबल लिग नजिकिँदै गर्दा सम्पूर्ण टोलीहरू तयारीमा व्यस्त छन् भने कति क्लबलाई अझै पनि खेलाडी अनुबन्धनमा भ्याइनभ्याइ छ ।

    लिगको तालिका सार्वजनिक भइसकेको छ । दशरथ रंगशालामा ‘फ्लड लाइट’मा हुने उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नव प्रवेशी क्लब सातदोबाटो युथ भिड्नेछन् ।

    लिग नजिकिँदै गर्दा राष्ट्रिय टोलीका खेलाडीहरू अन्य क्लबमा अनुबन्धन हुँदा रोहित चन्द भने इन्डोनेसियाको लिग वान अन्तर्गत पर्सिजा जाकर्ताबाट खेल्न व्यस्त छन् ।

    तर, नेपाली टोलीका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) भने क्बलविहीन भएका छन् । पछिल्लो दशक देश बाहिरका विभिन्न लिग खेल्दै आएका कप्तान किरण यस पटक भने बाहिरी क्लबसँग पनि अनुबन्धन भएका छैनन् ।

    पछिल्लो समय भारतको आईलिग क्लब पञ्जाब एफसीसँग सम्झौता सकिएपछि किरण ‘ट्रान्सफर मार्केट’को बिक्रीमा छन् ।

    किरणले सन् २०१५ यता शीर्ष डिभिजन लिग खेलेका छैनन् । पछिल्लो समय भने उसले पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) मा उपविजेता टोली धनगढी एफसीबाट खेलेका थिए ।

    मछिन्द्र फुटबल क्लब हुँदै ए डिभिजन यात्रा सुरू गरेका किरण थ्री स्टारबाट लामो समय लिग खेले । त्यसयता भने उनले कुनै क्लबबाट पनि लिग खेलेका छैनन् ।

    २८ वर्षपछि नेपाललाई पहिलो पटक क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनपसिपमा फाइनलमा पुर्‍याएका कप्तान किरण ३ मंसिरबाट सुरू हुने लिगमा कुन क्लबमा आवद्ध हुँदै छन् ? लिग खेल्ने या नखेल्ने के योजना बनाएका छन् ? ‘ट्रान्सपर मार्केट’ मा मूल्यवृद्धिका कारण अन्य क्लबले वास्ता नगर्नुलगायत समसामयिक विषयमा नेपाली टोलीका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ)सँग न्युज कारखानाकर्मी रमेश सुवेदीले गरेकाे कुराकानी

    ३ मंसिरबाट देशकै शीर्ष डिभिजनको लिग हुँदै छ । तपाईं राष्ट्रिय टोलीको कप्तान,  कुन क्लबबाट खेल्ने योजना बनाउनु भएको छ ?  कुनै क्लबसँग अनुबन्धन हुनुभयाे ? 

    त्यस्तो अहिले केही भएको छैन । त्यसबारेमा केही सोचेकै छैन ।

    त्यसो भए कप्तान किरणले लिग खेल्न मन नगरेको कि बाहिरी लिग खेल्ने तयारीमा हो ? 

    अहिले बाहिर पनि केही कुरा भएको छैन । अहिले त्यतिकै बसिरहेकाे छु । के हुन्छ भनेर कुरिरहेको छु । यस पटक नेपालको लिग हेर्छु, बस्छु ।

    बाहिरको लागि पनि केही ‘प्रोसेस’ गर्नु भएको छ कि ? 

    मैले ‘प्रोसेस’ चालेर त हुने हैन, ‘अफर’ आउनु पर्छ । त्यो आएको छैन । यो भनेको कतै काम गर्न जाँदा भिषा हानेको जस्तो काम हैन । कहीँबाट ‘अफर’ आयो भने गर्ने हो । त्यो आएको छैन । अब, हेरौं चुपो लागेर हेरेर बसिरहेको छु । मैले अहिलेसम्म नेपालको लिग खेल्ने निर्णय पनि लिएको छैन । ‘अफर’हरू पनि आएका छैनन् । त्यस्तो केही कुरानै भएको छैन ।

    पछिल्लो समय तपाईंले भारतीय आईलिग अन्तर्गत पञ्जाव एफसी, त्यसअघि माल्दिभ्सको लिगमा टिसी स्पोर्टस्‌मा रहेर खेल्नुभयो । यो पटक क्लबले ‘प्रि–सिजन’ खेलिरहेको छ । त्यसमा अनुबन्धन हुने सम्भावना छ ? 

    त्यता पनि अहिले केही छैन । इण्डियाका प्राय: सबै क्लबले विदेशी खेलाडी अनुबन्धन गरिसके । तर, एसियन कोटामा भने कतिले अनुबन्धन गरेका छैनन् । प्रिसिजन चलिरहेको छ । म नि यता अभ्यास गर्दै बसिरहेको छु । कुनै क्लबसँग कुरा भएको छैन ।

    अघि नेपाली क्लबहरूबाट पनि ‘अफर’ आएको छैन भन्नुभयो । हाम्रो कप्तानको ‘ट्रान्सफर मार्केट’ मा मूल्यवृद्धि बढी नै भएर क्लबहरूले कतै अफर गर्न नसकेका हुन् कि ? 

    मलाई याे थाहा भएन । उहाँहरूले पनि सोच्नु भयो होला, बाहिरै खेल्न जान्छ भनेर । ‘ट्रान्सफर मार्केट’ पनि होला । तर, त्यो आफ्नो ठाउँमा छ । त्यो विषयमा मलाई थाहा भएन । म त पर्खाइमै छु । तर केही निर्णय लिएको छैन । साफ च्याम्पियनसिप पनि फाइनलमा हार्‍याैँ । त्यो आफ्नो ठाउँमा छ । म अहिले ‘फ्रेस’ पनि हुँदै छु । आफ्नो सेल्फ ट्रेनिङ गरिरहेको छु ।

    कुनै क्लबले तपाईंलाई सम्झौता गर्न चाहयो भने के गर्नुहुन्छ ? कि अघि भनेझैँ यो पटक खेल हेरेर नै बिताउनुहुन्छ ?

    अहिलेसम्म यो विषयमा कुनै निर्णय लिएको नै छैन । मात्र अहिले ‘रिफ्रेस’ लिरहेको छु । सेल्फ अभ्यास गरिरहेको छु । फिट भएर बसिरहेको छु । अहिलेसम्म खेल्ने नखेल्ने निर्णय लिएको छैन ।

    हामी २८ वर्षपछि साफको फाइनल खेल्यौं । त्यो बेला कप्तान तपाई‌ ।  कतै त्यो बेलाको दबाबका कारण पनि बढी ‘रेष्ट’ लिएको हो कि ? 

    त्यो हैन । यो फुटबल प्लेयर भएपछि तलमाथि त भई नै रहन्छ । मैले यत्रो वर्ष खेलिसकेँ । त्यो आफ्नो ठाउँमा छ । हारेर, धेरै खेलेर ‘रेष्ट’ लिएको भने हैन । म आफैँ पूर्ण रूपमा फिट भएर बसिरहेको छु । लिग खेलाैँ भनेर निर्णय नलिएको हो । मेरो जापान जाने चहाना थियो । तर, कोरोना कारण त्यहाँ जान पाइन् । बसिरहेको छु । फाइनल हारेर रेष्ट लिएको भने हैन । त्यो एउटा ‘टास्क’ थियो । अहिले त्यो सकिसक्यो । अब नयाँ योजनासहित अगाडि बढ्नुपर्छ । म अहिले परिवारसँग रमाइ पनि रहेको छु । भोलि बाहिर गए भने धेरै समय त्यतै हुन्छु । त्यसैले नि घरपरिवारलाई समय दिएको छु ।

    थ्री स्टारबाट लिग खेल्दाखेल्दै बाहिर जानुभयो । निकैपछि आएर नेपाल सुपर लिग (एनएसएल) खेल्नुभयो । तपाईंले २०१५ बाट लिग खेल्नु भएको छैन । घरेलु मैदानमा दर्शकलाई खेल देखाउन मन छैन ? 

    साच्चै नै मन छ । तर, अहिले सकेसम्म म बाहिर नै खेल्छु भन्ने मेरो इच्छा हो । अझै २/३ वर्ष बाहिर खेल्ने मन, लक्ष्य छ । अहिले राम्रो अवसर आए पनि बाहिर नै ‘फोकस’ गर्छु भन्ने मेरो लक्ष्य छ । यो भनेको नेपाली फुटबललाई अझ अर्काे स्तरमा लैजानु हो । बाहिर गएर खेल्नु भनेको युवा पुस्ताका लागि समेत एउटा माध्यम हो । म जाँदा भावी पुस्तालाई बाहिर खेल्न सहज होस् भन्ने मेरो लक्ष्य हो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.