हेटौँडा । बागमतीे प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाले सवारी नविकारण अवधि असार मसान्त सम्म कायम भएको जनाएको छ ।कार्यालयले मंगलबार एक सुचना जारी गर्दै कोरोनाका कारणले २०७६ चैत ११ गते (बन्दावन्दी) सुरु भएको मिति देखी समाप्त हुने अवधिलाई बिषेश अवधि मानि सो अवधिभर सवारी तथा यातायात व्यवस्था ऐन तथा प्रचलित नियम बमोजिम प्रदान गरिने सेवाहरु बन्दावन्दी खुलेको दिन देखी नविकरण अवधि असार मसान्त सम्म थप गरेको जनाएको हो ।









