नवलपुर । फागुन सात गतेका लागि हुने भनिएको नेपाली कांग्रेसको महाधिवेशको सम्भावना न्युन भएको देखिएको छ । कोभिड १९ को महामारीका कारण काग्रेसले फागुन सात गतेका लागि तय गरेको महाधिवेशनको सम्भावना कम भएको जनाएको छ । कांग्रेसका महामन्त्री समेत रहेका डा शशांक कोइरालाले कोभिड १९को जोखिम रहेको भन्दै कांग्रेसले तय गरेको मितिमा महाधिवेशा हुने सम्भावना न्युन रहेको बताए । बुधवार नेपाली कांग्रेस जिल्ला समिति नवलपुरले आयोजना गरेको एक कार्यक्रममा डा शशांक कोइरालाले महाधिवेशन फागुन ७ गते नै हुन्छ भन्ने निश्चित नभएको बताए । ‘ अहिले कोभिड १९ का कारण हाम्रो महाधिवेशन हुने सम्भावना न्युन छ’ कोइरालाले भने , ‘मेरो धारणा यहि फागुन सात गते होस भन्ने हो तर कोरोनाको जोखिम बढ्दो रहेकोले निश्चीत नभएको हो, छ महिना भन्दा पर महाधिवेशनको मिति नसरोस् भन्ने पक्षमा आफु रहेको डा शशांक कोइरालाले बताए । यस्तै डा शशांक कोइरालाले प्रेस युनियनमा आवद्ध जिल्लाका कृयाशिल पत्रकाहरुको कोरोना विमा गर्ने जिम्मा आफुले लिने समेत बताए । प्रेस युनियन नवलपुरका जिल्ला अध्यक्ष विरेन्द्र पराजुलीले प्रेस युनियनमा आवद्ध रहेका कृयाशिल पत्रकारहरुको कोरोना विमा र उनिहरुलाई थप राहतका प्रदान गरिदिन आग्रह गरे पश्चात डा शशांक कोइरालाले जिल्लामा रहेका कृयाशिल प्रेस युनियनमा आबद्ध पत्रकारहरुको लागि विमाको जिम्मा लिने जानकारी गराएको नेपाल प्रेस युनियन नवलपुर शाखाका अध्यक्ष विरेन्द्र पराजुलीले बताए ।








