• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

एमाले केन्द्रीय सदस्यमा चितवनबाट ९ जना आकांक्षी

  •   सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ । महाधिवेशनबाट १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी र अनुशासन तथा लेखा आयोगका ३० जना गरी कुल २५५ जना निर्वाचित हुनेछन् । मतदानमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् ।

    केन्द्रीय कमिटी सदस्यमा चितवनबाट भने अहिलेसम्म ९ जनाले आकांक्षा देखाएका छन् । अरू अझै खुलेका छैनन् । दुई पटक सांसद भइसकेका कृष्णभक्त पोखरेलदेखि एमाले चितवन जिल्ला इन्चार्ज काशीनाथ अधिकारीसम्मले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन् ।

    चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले आइतबार नेकपा एमालेको केन्द्रीय सदस्यमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । दुई चोटि सांसद बनिसकेका पोखरेलले एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा चुनाव लड्ने पक्का भएको बताए ।

    पोखरेल १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आवास तथा खानपानको व्यवस्थापनमा खटिएका छन् । ‘यो पटक केन्द्रीय सदस्यमा लड्ने हो नि । दुई चोटि सांसद, कानुन समितिको सभापति भइसकेको मान्छे । यो लेभलको मान्छे, अब केन्द्रीय सदस्यमा लड्ने हो’, उनले भने । निर्वाचन क्षेत्र नम्बर २ बाट उनी २०७० सालमा संविधान सभाको सदस्य र २०७४ मा प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका सांसद हुन् ।

    एमाले चितवनकी अध्यक्ष पार्वती रावल, पूर्व अध्यक्ष एवं एमाले प्रदेश कमिटी सदस्य जेएन थपलिया, दावा लामा र विजय सुवेदी पनि केन्द्रीय सदस्यमा उठ्ने भएका छन् । त्यसैगरी, हालका एमाले केन्द्रीय सदस्य देवी ज्ञवाली, कपिल पोखरेल र सीता पौडेल पुनः केन्द्रीय सदस्यमा उठ्ने भएका हुन् । एमाले चितवन इन्चार्ज काशीनाथ अधिकारीले पनि केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारी गरेका छन् ।

    केन्द्रीय सदस्यका आकांक्षी महाधिवेशनको लागि जिल्लामा जनपरिचालनदेखि आर्थिक प्रबन्धका काममा जिम्मेवारी लिएका काम गरिरहेका छन् । कृष्णभक्त पोखरेल हाल प्रतिनिधि सभाको कानुन, न्याय मानव अधिकार समितिका सभापतिसमेत रहेका छन् ।

    २०७३ कात्तिकमा भएको नेकपा एमाले चितवनको चुनावबाट पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालीन समयमा एमालेको माधवकुमार नेपाल पक्षका पोखरेलले जिल्ला अध्यक्षमा केपी ओली पक्षका जेएन थपलियालाई पराजित गरेका हुन् ।

    त्यसपछि नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा बनेपछि उनी जिल्ला सचिव बनेका छन् । माओवादी र एमालेबीच फाटो आएर पार्टी विभाजनपछि पोखरेल केही समय माधव नेपाल पक्षमै लागे ।

    माधव नेपाल पक्षका नेताहरू नेकपा एमालेमै रहने गरी गरिएको १० बुँदे सहमतिमा पार्टी कमिटी २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भनिएको थियो । तर सो सहमति कार्यान्वयनको सन्दर्भमा चितवनमा विवाद देखियो ।

    २ जेठ २०७५ को अवस्थामा फर्किदा चितवनको एमाले अध्यक्ष कृष्णभक्त पोखरेल हुनुपर्ने थियो । तर ५ पुस २०७७ मा अध्यक्ष केपी ओलीद्वारा चितवन जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी पार्वती रावलले अध्यक्ष पद छाड्न मानिनन् । अन्ततः पोखरेल आफैं सहमतिका लागि भन्दै पछि हटेका छन् । न्युज कारखाना

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.