• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

महानगरको बिकासका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदैः प्रचण्ड

  •   सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको बिकासका लागि मन्त्रालयहरुको ध्यानाकर्षण गराउनु भएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्बृद्ध भरतपुरका लागि बिकास बहस कार्यक्रममा बोल्दै उहाँले यहाँका महत्वपूर्ण बिकासका आयोजनाहरुलाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिब र बिभागका महानिर्देशकहरुको ध्यानाकर्षण गराउनु भएको हो । महानगरको आधाभन्दा वढि भूभाग अध्यक्ष दाहालको निर्वाचन क्षेत्रमा पर्दछ । कार्यक्रममा बोल्दै उहाँले ८÷१० वर्ष भित्र बिकासमा भरतपुर महानगर र चितवनले क्रान्ति ल्याउने बताउनुभयो ।

    यसलाई देशव्यापि रुपमा बिस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाई थियो । नारायणी नदी तटवन्धन गरेर हजारौं विगाह जमिन संरक्षण गर्न सकिने भन्दै उहाँले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताउनुभयो । भरतपुर महानगरमा भएको बिमानस्थलको बिस्तारको काम अघि वढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि वढाईएको, भूमिहिन सुकुम्बासीहरुलाई लालजुर्जा, निस्सा र स्थानान्तरणको प्रकृया अघि वढेको, रिङ् रोड र लिङ्क रोडको काम अघि वढेको भन्दै देशकै नमुनाको रुपमा भरतपुरमा बिकास गति लिएको उहाँको भनाई थियो । ती आयोजनाहरु सम्पन्न गर्न आबश्यक वजेट बिनियोजन र सहयोगका लागि उहाँले उपस्थित मन्त्री, सचिब र महानिर्देशकहरुलाई अनुरोध गर्नुभयो ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई किसानसंग जोडेर काम गर्न दाहालले अनुरोध गर्नुभयो । अध्यक्ष दाहालले महानगरमा भएको बिकासलाई संस्थागत रुपमा अघि वढाउने नेतृत्वको आबश्यक रहेको पनि बताउनुभयो । देशभरीका जनताको ध्यान चितवन तर्फ आकर्षण भएको भन्दै उहाँले यसका पछि धेरै कारणहरु रहेका छन् भन्नुभयो । उहाँले भन्नुभयो “यस भित्र केही लुकेको छ । मलाई थप जिम्मेवारी वढाएको छ ।” फरक प्रसंगमा उहाँले बामपन्थी एकताका लागि ठूलो सपना देखेको भए पनि त्यो पुरा गर्न नसकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो “हिजो देखेको सपना विल्कुल गलत होईन । तोड्नका लागि भित्र र बाहिरी जुन–जुन शक्ति लागे बुझ्न जरुरी छ ।” यो बिषयलाई बुझाउन नसकेमा दुभाग्यमा देश जाने उहाँले बताउनुभयो । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषालले भरतपुर महानगरको बिकास नमुना योग्य रहेको भन्दै आबश्यक सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । उहाँले नारायणी नदी तटवन्धनका लागि तीन वर्षमा रु ५ अर्ब बराबरको काम गर्ने गरि प्रकृया अन्तिम चरणमा पुगेको बताउनुभयो ।

    यसबाट चितवन तर्फ १७ किलोमिटर र नवलपरासी तर्फ १८ किलोमिटर तटवन्ध हुने वताउनुभयो । यसै वर्षबाट काम थाल्ने भन्दै उहाँले सुस्ता र गण्डक सम्म नारायणी नदी तटवन्धन गर्न रु २३ अर्ब खर्च लाग्ने र यसलाई बहुबर्षिय आयोजनाको रुपमा अघि वढाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “नारायणी नदी तटवन्ध गरेर सयौं बिगाह जमिन उकास गर्न सकिन्छ ।” उहाँले संरक्षण गरिएको जमिन उपयोग गरेर गरिबीका रेखा मुनी रहेकाहरुलाई उपयोग गर्न दिन सकिने बताउनुभयो । उहाँले थप्नुभयो “यसरी गरिब मुक्त महानगर घोषणा गर्न अपिल गर्छु ।” माडी क्षेत्रका नदी तटवन्धका लागि रु २० करोड स्विकृत भई कार्यान्वयनको चरणमा अघि वढेको उहाँको भनाई थियो ।

    जहाँ खेती योग्य जमिन त्यहाँ सिचाई अभियानका साथ काम अघि वढेको मन्त्री भूषालले बताउनुभयो । माडीमा बिद्युत नपुगेका ठाउँमा बिद्युतीकरण र भरतपुर महानगरमा भूमिगत तार बिच्याउनका लागि मन्त्रालयले प्रकृया अघि वढाएको उहाँले बताउनुभयो । अर्थ मन्त्री जनार्दन शर्माले भरतपुर महानगरका महत्वपूर्ण आयोजनाहरु सम्पन्न गर्न आबश्यक वजेटका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । क्रिकेट रंगशाला सम्पन्न गर्न आबश्यक सहयोगका लागि आँफु तयार रहेको उहाँको भनाई थियो ।

    जग्गा खोजि गरेमा भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि आबश्यक सहयोग मन्त्रालयबाट हुने उहाँले बताउनुभयो । आँफु गठवन्धनको सरकारको मन्त्री रहेकाले गठवन्धन पार्टी र जनताको हित बिपरित काम नगर्ने वताउनुभयो । प्रतिगमन कारिलाई ध्वस्त पार्नुपर्ने भन्दै उहाँले सबैले हातेमालो गरेर अघि वढ्नुपर्ने बताउनु भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम वहादुर आलेले पर्यटन क्षेत्रको बिकासका लागि कर्मचारीलाई खर्च सहितको बिदा दिने कार्यक्रमलाई कार्यान्वयनमा ल्याईने बताउनुभयो ।

    भरतपुर बिमानस्थल बिस्तारका लागि मन्त्रालय सकारात्मक रहेकाले काम हुने भन्दै सहयोगका लागि अर्थ मन्त्रालयसंग अनुरोध गर्नुभयो । अबका दिनमा धेरै गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो “गठवन्धनको नेतृत्व गरेकाले शिर कत्ति ननिहुरने गरी काम गर्छु ।” प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सम्बृद्धिका लागि धेरै सम्भावना रहेको बताउँदै सोच,, नीति र ऐन समय अनुसार परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । उहाँले भरतपुरको बिकासका लागि आफ्नो ठाउँबाट आबश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेल, अर्थ मन्त्रालयका सचिब मधुकुमार मराशिनी, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, सिचाई बिभागका महानिर्देशक सुशिलचन्द्र आचार्य लगाएतले बोल्नुभएको थियो । सो अबसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरको बिकास, अबस्था र अपेक्षा प्रस्तुत गर्दै आँफु आए पछि महानगरमा भएका बिकासका कामको जानकारी दिनुभएको थियो । कार्यक्रममा सम्बृद्ध महानगरका लागि बिज्ञहरु संग सुझाब लिईएको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.