• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

लायन्स क्लब अफ नारायणगढ बालकुमारीको २०औँ स्थापना दिवसमा सरोज चेपाङलाई “वर्ष नागरिक” बाट सम्मान

  •   आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  लायन्स क्लब अफ नारायणगढ बालकुमारीले आफ्नो २०औँ स्थापना दिवस मनाएको छ । नारायणगढ जेसिजको सभाहल नारायणगढमा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिका- २ गड्यौलीका २३ वर्षीय सरोज प्रजा चेपाङलाई “वर्ष नागरिक” बाट सम्मान गरिएको छ ।

    को हुन् सरोज ?
    भोलेबाबा आधारभूत विद्यालयमा कक्षा ५ सम्मको अध्ययन गरेका प्रजा घरायसी अवस्था अन्यन्तै नाजुक भएका कारण पढाइ छाडेर काम गर्न थालेका थिए । काठमाडौंस्थित गाडी मर्मत गर्ने अटो वर्कशपमा काम गरेका उनले अभावै अभावका विचमा पेट्रोलबाट चल्ने तीन पाङ्ग्रे गाडी बनाएका थिए । त्यस्तै हावाबाट चल्ने एयरबोर्टको निर्माण गर्ने लक्ष्य रहेका उनले प्यारामोटरको सफल परीक्षण गरिसकेका छन् । राजमार्गलाई लक्षित गरी उड्न र गुड्न सक्ने एम्बुलेन्सको निर्माण गर्ने लक्ष्य रहेता पनि एयरबोर्ट र त्यसका लागि इन्जिन किन्न नसकेर उडाउन नसकेको बताएका छन् ।

    लायन्स क्लब अफ नारायणगढको सामाजिक यात्रा

    लायन्स क्लब अफ नारायणगढ बालकुमारी अलग्गै इतिहास र गौरव बोकेको संस्था हो । यस क्लबले हरेक वर्ष रचनात्मक र समाजलाई अलि पृथकता लाग्ने कार्यक्रमहरू गर्दछ । यस क्लबले अरु क्लबलाई रचनात्मक काम गर्नको लागि प्रेरणा र अनुभव साट्नेसम्म गर्दछ । त्यसै मध्येको एउटा उत्कृष्ट कार्य हो लायन “वर्ष नागरिक” सम्मान । यस क्लब राजनीतिबाट सदैव टाढा रही सामाजिक क्रियाकलापहरु गर्दछ । यस वर्षको `वर्ष नागरिक´को सम्मान प्राप्त “सरोज चेपाङ” नामैले काफी छ ।

    जंगलको छेउछाउमा बसोबास गर्ने, कन्दमुल खाने यो जातिको एउटा विलक्षण प्रतिभा अर्थात दियो जुन झुपडीमा बलिरहेको देखियो त्यस्तो प्रतिभाशाली व्यक्तिलाई “वर्ष नागरिक” को रुपमा यस क्लबले सम्मान गरेको हो । अत्यन्त कमजोर आर्थिक अवस्था भएको व्यक्तिलाई सामाजिक उचाइ दिनको लागि सरोज चेपाङलाई एउटा सामाजिक प्रतिभाको रुपमा पहिचान गराउनका लागि लायन्स क्लब अफ नारायणगढ बालकुमारीको यो प्रयास कोशेढुङ्गा सावित हुने क्लबले विश्वास लिएको छ ।

    त्यस्तै गरेर “हामी सेवा गछौं” को उत्कृष्ट मानवीय सेवा भावबाट अभिप्रेरित भई क्लवका विभिन्न कार्यक्रमहरुमा भएको सक्रिय सहभागिता, सहकार्य तथा विशेष योगदानको उच्च मुल्याङ्कन गर्दै “वर्ष लायन” बाट पूर्व अध्यक्ष तथा एरिया चिफ बाल गोपाल चुकेलाई सम्मान गरेको छ ।

    कार्यक्रममा क्लब स्थापना गर्ने सदस्यहरुमध्य हालसम्म पनि क्लबमा आबद्ध १३ जना संस्थापक सदस्यहरुलाई समेत विशेष सम्मन गरेको थियो । क्लबका सचिव शेरबहादुर पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए । अध्यक्ष ध्रुबप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट ३२५ बि २ का डिष्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्ट प्रमुख अतिथिसहित डिष्ट्रिक्टका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.