• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

नारायणी नदी तटवन्धनका लागि रु पाँच अर्ब

  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बिगत १० वर्ष देखि तटवन्ध थालिए पनि वजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटवन्धनमा एकै पटक रु ५ अर्बको काम अघि वढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६÷०६७ बाट निरन्तर काम भईरहे पनि हाल सम्म रु १ अर्ब ८३ करोड मात्र बिनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन ।
    नारायणी नदी तटवन्धन व्यवस्थापन आयोजना भरतपुर मार्फत काम हुँदै आएको छ । यस आयोजनाले नारायणी नदीको तटवन्धलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ । बजेटको अभावले सोचेजस्तो काम हुन भने सकेको छैन । नारायणी नदीले चितवन तर्फ भरतपुर महानगरपालिका र नवलपरासी तर्फ गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका एबं बिनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएको छ ।
    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटवन्ध गरि पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर रुपमा लागि परेको बताउनुभयो । उहाँका अनुसार नदी तटवन्धनका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजनालाई सिचाई बिभागले स्विकृत गरी अर्थमन्त्रालय पठाएको छ । जसमा चितवन र नवलपरासी तर्फ तटवन्धनका लागि रु २३ अर्ब ५८ करोड ४३ लाख खर्च लाग्ने प्रस्तावित लागत आएको उहाँले जानकारी दिनुभयो ।

    जस मध्य पहिलो चरणमा रु ५ अर्बको कामका लागि बहुबर्षिय खरिद कार्य अघि वढाउन बजेट सूनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल रहेको छ । मन्त्रालयबाट केही दिनमानै स्विकृति हुने जानकारी आँफुले प्राप्त गरेको उहाँले बताउनुभयो । बर्षातको समयमा ठूलो जोखिम निम्तिने गरेपछि महानगरपालिकाले सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउँदै आएको थियो । केही दिन अघि सोही क्षेत्रका सांसद एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा अर्थमन्त्री र सचिबले सार्बजनिक कार्यक्रममा तटवन्धको काम तत्काल अघि वढ्ने प्रतिवद्यता समेत व्यक्त गरेको प्रमुख दाहालले वताउनुभयो ।

    महानगरपालिकाले बिकास वहस नाम दिएर गरेको कार्यक्रममा उर्जा, जलश्रोत तथा सिचाई मन्त्रीको समेत उपस्थिति रहेको थियो । नारायणी नदी तटवन्ध गरिए संगै पश्चिम चितवनको धेरै भाग सुरक्षीत हुने र वगरमा परिणत भएको धेरै जमिन उपयोगमा ल्याउन सकिने प्रमुख दाहालको भनाई छ । बहु बर्षिय आयोजनाको रुपमा सो रकम सुनिश्चित भए संगै आउँदा वर्षहरुमा थप रकम निकाशा गराउन सहज हुने र गुरुयोजना अनुसार काम सम्पन्न गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

    गुरु योजनाअनुसार काम हुँदै गर्दा भरतपुर महानगरपालिकाको नारायणी नदी तर्फको सबै भूभाग सुरक्षित हुने छ । अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भए लगत्तै वहुवर्षिय खरिद कार्य गर्न तयारी गरेको नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ । आयोजना प्रमुख रबिन्द्र वहादुर थापाले एक दुई दिनमा अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको पत्र दिने जानकारी आँफुले पाएको बताउनुभयो । कार्यालयका सिनियर डिभिजनल इन्जिनियर दिनेश पौडेलका अनुसार गुरु योजना अनुसार चितवन तर्फ ३५ किलोमिटर र नवलपरासी तर्फ ५७ किलोमिटर तटवन्ध र स्पर निर्माण गरिने छ ।

    चितवनका लागि रु ९ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । यस वर्ष रु ५ अर्बबाट चितवन तर्फ भरतपुर महानगरपालिकामा ६ दशमलब २७४ मिटर तटवन्ध गरिने योजना रहेको छ भने नवलपरासी तर्फ ४ दशमलब २४६ मिटर तटवन्ध गरिने उहाँले जानकारी दिनुभयो । हाल सम्म चितवन तर्फ १५ किलो मिटर र नवलपरासी तर्फ ११ किलोमिटर तटवन्ध गरि सकिएको छ । चालु आर्थिक वर्षमा भरतपुर महानगरमा रु ८ करोड ६५ लाख र नवलपरासीका बिभिन्न स्थानमा रु ९ करोड ३५ लाख वरावरको तटवन्ध गर्नका लागि काम अघि वढाई सकिएको छ ।

    आयोजनाका अर्का सिनियर डिभिजनल इन्जिनियर शिबजी शाहका अनुसार गुरुयोजना अनुसार नदी तटवन्ध गरिदैं गर्दा १ लाख ९८ हजार ६ जना प्रत्यक्ष रुपबाट लाभान्वित हुने छन् । १४ हजार १९ हेक्टर जमिन डुवानबाट बच्ने छ भने कम्तिमा ८० हेक्टर जमिन संरक्षण गरि उपयोगमा ल्याउन सकिने छ ।
    नारायणी नदीमा धेरै वाढी आउँदा १४ हजार ४ सय ३ क्यूविक मिटर प्रतिसेकेण्ड पानीको वहाब रहने गरेको अध्ययनले देखाएको शाहले जानकारी दिनुभयो । रासस

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.