चितवन । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको सदस्य पदमा गोपाल भट्टटराई निर्वाचित भएका छन । बिहीबार भएको निर्वाचनमा उनी करण चौधरीको प्यानलबाट सदस्य पदमा निर्वाचित भएका हुन् । अध्यक्षमा भने ध्रुब थापा विजयी भएका छन् ।
थापा एक हजार ४१३ मत पाएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी करण चौधरीले एक हजार ३४७ मत पाएका थिए ।
नाडाको निर्वाचनमा थापा र चौधरी प्यानलनै बनाएर प्रतिस्पर्धा गरेका थिए । थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन् ।
चौधरी पक्षबाट भट्टराई लगायत राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल विजयी भएका हुन् ।








