चितवन । आज (शनिबार) चितवनका बिभिन्न क्षेत्रमा लगभग चार घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण चनौली वितरण केन्द्र अन्तर्गतको ३३ ११ केभी चनौलीबाट वितरण हुने सम्पूर्ण फिडरहरुहरुमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।
केन्द्रका अनुसार पश्चिम चितवनका बिभिन्न क्षेत्र तथा माडीमा विद्युत अवरुद्ध हुनेछ । मेघौली फिडर पनि बेलुका ५ बजेसम्म अवरुद्ध हुने केन्द्रले जनाएको छ ।
केन्द्रले सबस्टेशन मर्मत तथा मिटरिङ्ग युनिट जडान गर्नुपर्ने भएकोले चार घण्टा विद्युत अवरुद्ध हुने जानकारी दिएको छ ।








