चितवन । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले कांग्रेस केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिएकी छन् । खस आर्य महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी शाहले आज आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।
उनले शनिबार उम्मेदवारी दर्ता गराएकी थिईन् । चितवनका अन्य आकांक्षीलाई जिताउनका लागि आफुले उम्मेदवारी फिर्ता लिएको प्रतिक्रिया दिएकी छन् । “चितवनबाट आकांक्षीहरु धेरै भए ।
आकांक्षीहरु धेरै हुँदा जित्नु पर्ने साथीहरुले नजित्नु होला, उनले एटुजेड समाचारसँग भनिन्, साथीहरुलाई जिताउन मैले फिर्ता लिए ।” उनले सभापतिमा शेर बहादुर देउवालाई जिताउनका लागि पनि आफुले उम्मेदवारी फिर्ता लिएको बताईन् ।








