चितवन । चितवनमा आज ११ जना संक्रमित थपिएका छ्न् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानाकारी अनुसार पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए सँगै जिल्लाभर संक्रमितको संख्या २७ हजार १३५ पुगेको छ । त्यस्तै आज १८ जना कोरोनामुक्त भएका छन् ।
यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ५७० पुगेको छ ।आज जिल्लाभर सक्रिय संक्रमित १३२ जना रहेका छन् । उनीहरुमध्ये १२५ जना होम आइसोलेसनमा छन् भने ७ जना अस्पतालमा रहेका छन् ।
त्यस्तै आज कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । जिल्लामा कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या ४३३ पुगेको छ ।








