• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

चितवन प्रहरीमा यो कस्तो न्याय ? हराएको स्कुटर प्रहरी कार्यालयमा थोत्रिँदै, चोरीमा प्रयोग भएको स्कुटर लिएर चोर खुलेआम हिँड्दै

  •   बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन।  गत महिनाको कार्तिक ८ गते नारायणगढबाट एउटा स्कुटर हरायो । अस्मिता खत्रीको नाममा रहेको होण्डाको ना ४० प २५७४ नम्बरको डियो स्कुटर हिमालयन बैंक अगाडिबाट दिउँसो करिब साढे तीन बजेतिर हरायो । अस्मिताका श्रीमान् कृष्णबहादुर खत्री बैंकमा काम गर्छन् ।

    स्कुटर हराएपछि खत्रीले बैंको सिसीटिभी फुटेज हेर । फुटेजमा चाहीँ स्कुटर चोरी भएको देखिन्छ । दुई जना मिलेर आएका चोरले आफै होण्डाको ग्रेजा स्कुटर ल्याएको र उक्त स्कुटर त्यहाँ राखी विभिन्न सवारी साधनको लक खोल्ने प्रयास गरेको देखिन्छ । यसैक्रममा खत्रीको स्कुटर उनीहरु खोल्न सफल हुन्छन् । त्यसपछि एक जनाले खत्रीको स्कुटर लगेर जान्छन् भने अर्कोले चोरी कार्यमा प्रयोग गर्न ल्याएको स्कुटर लैजान्छ ।

    त्यसपछि पीडित परिवारले प्रहरीलाई जानकारी गराए । वडा प्रहरी हुँदै उनीहरु जिल्ला प्रहरी कार्यालयसम्म पुगे । जिल्ला प्रहरी कार्यालयको सिसीटिभीमा हेर्दा चोरी भएको स्कुटर पुल्चोकबाट पोखराबसपार्कतर्फ मेन रोड हुँदै गएको थियो । चोरी कार्यमा प्रयोग भएको स्कुटर चाहीँ पुलतर्फ गई नदी किनारतर्फ गएको देखिन्छ । बजारमा प्रहरीले राखेको सिसीटिभी यति कमशल छन् की चोरीमा प्रयोग भएको स्कुटर देखिए पनि त्यसको नम्बर भने बुझिँदैन र मान्छे पनि चिनिँदैन ।

    त्यसपछि प्रहरी कार्यालयले पीडितहरुलाई स्कुटर पाएमा खबर गर्ने आश्वासन दिँदै फिर्ता पठायो । त्यसपछि पीडितका छोरा र उनका साथीहरु मिलेर नदी किनारतर्फ गएको चोरी कार्यमा प्रयोग गरिएको स्कुटरको नम्बर पत्ता लगाउनतर्फ लागे । उनीहरु प्रत्येका होटलमा खाजा खाँदै र कतै विन्ति गर्दै त्यहाँको सिसीटिभी फुटेज हेरे । हेर्दै जाँदा एउटा क्याफेको सिसीटिभी फुटेमा प्रष्टरुपमा चोरीमा प्रयोग भएको स्कुटरको नम्बर देखियो ।

    उक्त नं. पत्ता लगाइसकेपछि उनीहरुले प्रहरीलाई जानकारी गराए । प्रहरीले पीडित आफैलाई होण्डा स्वरुममा गएर उक्त नं. प्लेट कस्को नाममा छ भनेर हेर्न पठाए । पीडित एक्लै जाँदा स्वरुमले परिचय दिएन । प्रहरीसहित आउन भन्यो । पीडितहरुले प्रहरीलाई आग्रह गर्दा सहजै मानेनन् । पटकपटकको आग्रहपछि अन्तत प्रहरी स्वरुममा गए । होण्डा स्वरुममा पुगेपछि उक्त स्कुटर सुदिर सुर्खेतीको रहेको पाइयो । र सुर्खेती सोही होण्डा स्वरुममा विगतमा केही वर्ष काम गरेका रहेछन् । र अहिले भरतपुरको क्षेत्रपुरमा आफ्नै ग्यारेज सञ्चालन गरिरहेका रहेछन् । यसरी ग्यारेज वालाले नै स्कुटर चोरेको देखिन्छ । चोरी गर्ने अर्का व्यक्ति चाहीँ उनकै ग्यारेज अगाडि रहेको मोबाइल पसलका सञ्चालन रोशन मिजहार हुन्छन् ।

    त्यसपछि वडा प्रहरीले ग्यारेजवालालाई पक्राउ ग¥यो र उनले चोरी कार्यमा प्रयोग गरिएको ग्रेजा स्कुटर पनि बरामद ग¥यो । अनुसन्धान गर्दै जाँदा चोरी भएको डियो स्कुटर कावासोती लगेर रिकण्डिशनमार्फत कावासोतीका २३ वर्षीय सुरज ढकाललाई ८८ हजारमा बेचेको देखिन्छ । त्यसपछि स्कुटर वडा प्रहरी कार्यालयमा ल्याउन लगाइयो । स्कुटरको स्वरुप केही परिवर्तन गरिएको पाइयो । सुधिर सुर्खेतीले आफ्नो दिदीको स्कुटर हो भनि बेचेको देखिन्छ ।

    त्यसपछि वडा प्रहरीले दुई वटै स्कुटरसहित सुर्खेतीलाई जिल्लामा बुझायो । जिल्लामा पुगेपछि अर्का चोर रोशन मिजहारलाई पनि नियन्त्रणमा ल्याइयो । यसपछि प्रहरीले पीडितलाई जाहेरी दिन लगायो । पीडितका छोरा निर्मल पौडेलले कार्तिक १६ गते जाहेरी दिए । त्यसपछि प्रहरीले थप अनुसन्धान अगाडि बढायो । त्यसपछि अनुसन्धानकाबारेमा पीडितलाई जानकारी छैन ।

    डेढ महिनापछि अदालतबाट धरौटीमा छुटेर चोर खुलेआम चोरी कार्यमा प्रयोग भएको ग्रेजा स्कुटर लिएर बजारमा खुलेआम घुमिरहेका छन् भने चारी भएको स्कुटर प्रहरी कार्यालयमा थन्किएर बसेको छ । उक्त स्कुटर दिनानुदिन थोत्रिँदै गएको छ । यी सबै गुनासाहरु सहित पीडित परिवार हामी समक्ष आएपछि यो कुरा सतहमा आएको हो ।

    चोरी कार्यमा प्रयोग भएको स्कुटर बरामद हुनुपर्नेमा उक्त स्कुटरलाई छाडेर चोरी भएको स्कुटर भने प्रहरी कार्यालयमा षडाएर राखिएको छ । यस विषयमा प्रक्रिया दिँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक ओम अधिकारीले अदालतीय प्रक्रियामा रहेको बताए । उनले बरामद भएको स्कुटर किन छाडियो त भन्ने प्रश्नको जवाफ स्पष्टरुपमा दिन सकेनन् ।

    जिल्ला अदालत चितवनका श्रेष्तेदार ईश्वर आचार्यले चोरी भएको स्कुटर छड्न भनेर सरकारी वकिलले पत्र पठाएमा छाड्न अनुमति दिने बताए । यस्तै कहिलेकाहीँ सबै चोर पक्राउ नपरेको खण्डमा पनि सवारी फिर्ता गर्न नमिल्ने उनले बताए ।

    आफ्नो सवारी साधन पाएपछि अधिकांश पीडित मुद्दा फैसलाका क्रममा नआउने, पटकपटक बोलाउनुपर्ने, मुद्दाका बारेमा वेवस्ता गर्ने गरेकाले सवारी साधन फिर्ता गर्न सरकारी वकिलले नमान्ने गरेको उनले बताए । मुद्दा फैसलाका दिन पीडित आउने प्रतिवद्दतासहित सवारी साधन फिर्ता गराउन सरकारी वकिलहरुलाई आग्रह गरिएको उनले बताए । यसर्थ सवारी धनीले मेरो स्कुटर फिर्ता पाउँ र म मुद्दा फैसलाका बेला जहिले पनि आउँछु भनि प्रतिवद्दतासहित निवेदन दिनुपर्ने उनले बताए ।

    उक्त निवेदन चित्त बुझेमा मात्र सरकारी वकिलले स्कुटर फिर्ता गर्न सिफारिस गर्ने गर्छन् । मुद्दा फैसलाका क्रममा जाहेरी वालालाई ४ ५ पटक झिकाउनु पर्ने हुँदा जाहेरीवाला नआउने गरेको आचार्यले बताए । आफ्नो समान पाएपछि मुद्दालाई वेवास्ता नगर्न उनले आग्रह गरेका छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.