चितवन । भरतपुर वसन्तचोकमा ट्रकको ठक्करबाट दुई बर्षिय बालिकाको मृत्यु भएको छ। भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख १३०६ नम्बरको ट्रकले बिहान ११ः४५ बजे भरतपुर १२ निवासी विनोद जोशीकी २ वर्षीया छोरी दिपीका जोशीलाई ठक्कर दिएको र उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जनाएको छ ।
घटना पछि स्थानीयले ट्रकमा आगजनी गरेका थिए । स्थानीयको भीडलाई तितरबितर पार्न २७ अश्रुग्यास प्रहरीले प्रहार गरेको थियो। चितवन प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन पछि अहिले अवरुद्ध राजमार्ग र सवारी साधन पनि सञ्चालनमा आएको छ ।








