चितवन । नियमित मर्मत कार्यको लागि भन्दै विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भोलि (सोमबार) दिउँसो विद्युत कटौती गर्ने भएको छ। भरतपुर बसेनी स्थित १३२–३३–११ केभिए सब-स्टेसनमा मर्मत कार्य गर्नका लागि विद्युत सेवा अबरुद्ध गर्न लागिएको विद्युत प्राधिकरण भरतपुरका इन्जिनियर राजेन्द्र पौडेलले बताए ।
पौडेलका अनुसार सोमबार दिउँसो १ बजे देखि ४ बजे सम्म फिडर सटडाउन गरिने हुँदा विद्युत अबरुद्ध हुने छ । उनका अनुसार औद्योगिक फिडर (शिबघाट एरिया ), भृकुटी फिडर अर्थात भरतपुर वडा नम्बर १ र २ पुरै लाइन जाने छ।
यस्तै कल्याणपुर फिडर अन्तर्गत भरतपुर ५, हस्पिटल फिडर र कोकाकोला फिडरमा समेत विद्युत अबरुद्ध हुने पौडेलले बताए। केहि महिना अघि बसेनि सब स्टेशनका दुइवटै ट्रान्सफरमर करिब ५ दिन भरतपुर लगायतका स्थान पुरै अन्धकार भएका थिए।








