• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन, यो सुन्दा दु:ख लाग्छ : गणेश लामा (अन्तर्वार्ता)

  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए ।

    विगतमा ‘गुण्डा नाइके’ र ‘डन’को छवी भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर कांग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका छन् । उनै लामासँग न्युज कारखानाले समसामयिक कुराकानी गरेको छ :

    कांग्रेस केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ, कस्तो अनुभूति भइरहेको छ ?
    मलाई एकदमै गाैरव महसुस भइरहेको छ । कांग्रेसजस्तो पार्टीमा खुलामा आज मैले जुन खालको जित हासिल गर्न सफल भए, देशभरका तमाम साथीभाई, महाधिवेशन प्रतिनिधि साथीको साथ सहयोगप्रति म कृतज्ञ छु । यो गुनको एक-एक हिसाब म चुकाउनेछु ।

    केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि पार्टीको तपाईंको भूमिका कस्तो रहन्छ ?
    १४औँ महाधिवेशनले पार्टीभित्र उर्जा भरेको छ । युवा साथी तरुण, नेविसंघबाट अध्यक्ष र पूर्वपदाधिकारीको उर्जावान उपस्थिति छ । यसले साँच्चिकै कांग्रेसलाई पुनर्जागरण गर्दै कांग्रेसलाई बलियो बनाउन अवश्य पनि मद्दत पुग्छ । झण्डै ६ दशक राजनीतिमा सक्रिय सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उर्जावान महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङजस्ता युवा साथी जितेर आउनुभएको छ । अब नेपाली कांग्रेस अब साँच्चिकै उर्जावान कांग्रेस बन्नेछ ।

    तपाईंले केन्द्रीय सदस्यमा विजयी हुन्छु भनेर सोच्नुभएको थियो ? 
    पार्टीले बेलाबखत दिएको जिम्मेवारी र काम इमान्दारिताका निभाउँदै आएकोदेखि ७७ वटै जिल्लाका पार्टी साथीसँग सम्पर्कमा थिए । त्यसकारण मलाई जित्छु भन्ने विश्वास थियो ।

    तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँगै तपाईं कांग्रेसमा आउनुभयो । उहाँ उपसभापतिमा पराजित हुनुभयो, तर तपाई जित्नुभयो । गच्छदार हार्ने र तपाईं जित्ने परिस्थिति कसरी बन्यो ?
    यो देशभरबाट आएका प्रतिनिधिले गरेको निर्णय हो । उहाँको हार अब प्राविधिक कारण भनौँ कि अरु कारण मलाई थाहा भएन । लोकतान्त्रिक पार्टीमा चुनावमा गइसकेपछि हारजित स्वीकार्नुपर्छ । हामी स्वीकार्न तयार छौं ।

    तपाईं चुनावअघि कांग्रेस प्रवेश गरेको, वर्षोदेखि सक्रिय हार्दा तपाईंको जितलाई लिएर पनि प्रश्न उठिरहेको छ नि !
    चुनावअघि हामी देशको चौथो दल थियौँ, फोरम लोकतान्त्रिक पार्टी । २०७४ को चुनावमा ध्रुवीकरण भयो । कम्युनिस्टको समीकरण बन्यो । लोकतान्त्रिक शक्ति भएको हुनाले हामीले कांग्रेससँग समायोजन भयौं । केही साथी कांग्रेसबाट चुनाव पनि लड्यौं । केही साथी जित्नुभयो, केही हार्नुभयो । हारजित स्वभाविक हो ।

    तपाईं कांग्रेसको सक्रिय राजनीतिमा उदाउँदै गर्दा तपाईंमाथि ‘गुण्डा नाइके’को आरोप लाग्ने गरेको छ नि ! यसमा तपाईंको धारणा के हो ?

    यो मलाई लामो समयदेखि लाग्दै आएको आरोप हो । म लामो समयदेखि निरन्तर राजनीतिमा लाग्दै आएको व्यक्ति हो । नेविसंघबाट सुरु गरेर एउटा लोकतान्त्रिक चौथो पार्टीको जिम्मेवार पदमा बसेको पनि लामो समय भयो । तपाईंले यो प्रश्न उठाइरहँदा मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन । अस्ति भर्खरै एक अन्तर्वार्ता (ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रम) मा एकजना पूर्वमाननीयले बारको आन्दोलन र बारका वरिष्ठ अधिवक्ताको बारेमा अदालतमा गुण्डागर्दी गर्‍यो, दादागिरी गर्‍यो भनेर भने ।

    त्यहाँबाट मलाई मनमा लाग्यो कि यो गुण्डा नाइके भन्ने शब्द जतिखेर जसलाई मन परेन भने प्रयोग गर्ने शब्द हो कि ? उहाँले वरिष्ठ अधिवक्ता शम्भु थापालगायत विभिन्न वकिलको नामै लिनुभयो । यसलाई के भन्नुहुन्छ तपाईं ? शम्भु थापा गुण्डा हो कि हैन ? गणेश लामा गुण्डा हो कि हैन ? तपाईंहरुले त्यसरी पहिचान गर्नुपर्‍यो ।

    तर कांग्रेसको मतपरिणामलाई लिएर धेरैबाट गुण्डा नाइकेले जिते, प्राध्यापक-बौद्धिक व्यक्ति हारे भनेर टिप्पणी भइरहेको छ नि ! 
    जसले जस्तो काम गर्‍यो, पार्टीभित्र उस्तै माया र समर्थन पाउने हो । मैले पार्टी जहाँ खटायो इमान्दारिताका साथ काम गरेको छु । यो र त्यो भन्ने होइन । मैले निर्वाह गरेको जिम्मेवारीको मूल्यांकन भएको छ । त्यहिँ मूल्यांकनको आज प्रतिफल पाए जस्तो लाग्छ ।

    कांग्रेसमा अब तपाईं कसरी अगाडि बढ्नु हुन्छ रु तपाईंको भिजन के हो ?
    अब सबै मतपरिणाम आइसकेपछि तमाम युवा साथीहरु बैठकमा बस्छौं । हामीले कांग्रेसलाई जुझारु, एउटा जनता, किसान, गरिबसँग मिल्न सक्ने, घुलमिल हुनसक्ने कांग्रेस बनाउन चाहन्छौं ।

    प्रश्न के पनि आइरहेको छ भने गगन थापा र गणेश लामा एउटै टिममा कसरी काम गर्नसक्छन् ? 
    किन गर्न नसक्ने रु गणेश लामासँग त्यो भिजन र क्षमता छैन र ? गणेश लामा जनताको सेवाको लागि नै राजनीतिमा लागेको दुई दशक भयो होला ।

    तपाईंको भिजन चाहिँ के हो ? 
    कांग्रेसलाई जनतामुखी, किसानमुखी, युवामुखी बनाउने, नेपाललाई कसरी अगाडि बढाउने भनेर गहन छलफल गरेर अगाडि बढ्ने हो । टिम बनाउछौं । छलफल गर्छौं । नेपाली कांग्रेस नेपालको पुरानो इतिहास भएको, हरेक परिवर्तनको सम्वाहक भएको पार्टी हो । नेपालमा अझै धेरै विकास गर्नुछ । राजनीतिक समस्याहरु हल गर्नुछ । त्यो कांग्रेस बाहेक अरुले गर्न सक्दैन । यसमा हामी बलियो उपस्थितिसहितको कांग्रेस बनाउनेछौं ।

    अन्तिममा तपाईंलाई गुण्डा नाइके भन्नेलाई के भन्न चाहनुहुन्छ ?
    यो प्रश्नको म सँग कुनै जवाफ छैन । मलाई गुण्डा नाइके भनेर चिनाउने मिडिया नै हुन् । तैले यो गल्ती गरिस् त्यसकारण यो नाम रह्यो भन्नुपर्‍यो नि । त्यतिकै मिडियाले पटक पटक भन्ने, मैले लामो समयदेखि सुनिरहेको, हेरिरहेको र देखिरहेको छु । यो सुन्दा दु:ख लाग्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.