काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमाथि छलफल जारी छ। बैठकमा शीर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको’आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो’ भन्ने अभिव्यक्तिबारे प्रश्न उठाइएको थियो। भारतीय दूतावास आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको ओलीले दाबी गरेका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिल्लीले नभई आफूले मागेको स्पष्ट पारे। स्थायी कमिटीमा प्रचण्डले भने,’राजीनामा दिल्लीले मागेको होइन। मैले मागेको हो। तपाईं छोड्दिनुस्।








