काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । चिनियाँ राजदूत होउ र नेता नेपालबिच आइतबार बेलुका भेटवार्ता भएको हो । नेपाल निवास कोटेश्वरमा राजदूत आफै गएर भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि पनि नेकपा विवाद समाधानमा चिनियाँ राजदूत होउको भूमिका देखिएको थियो। केन्द्रीय सचिवालयमा ओली संकटमा परेका बेला गएको वैशाख १९ गते राजदूत होउले प्रचण्च र नेपालसँग भेट गरेकी थिइन् । त्यसपछि भोलिपल्टको सचिवालय बैठकले ओलीको पक्षमा निर्णय गरेको थियो।








