• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

दमक नजिकैको एउटा गाउँ, जहाँ अहिलेसम्म बिजुली पुगेको छैन

  •   बुधबार, माघ १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा ।  इलामको माङ्सेबुङ-४ मार्चेबुङ झापाको दमकदेखि सात किलोमिटरको दूरीमा मात्र छ । दमक विकासका सबै पूर्वाधारले सुगम ठाउँ हो । यसकै छत्रछायाँमा रहेको मार्चेबुङको बेहाल छ । दमक-चिसापानी सडकले यो गाउँ छुन्छ ।  लामो समयसम्म बाटो, पुलविना रतुवा खोला तर्दै दैनिकीका लागि दमक जाने उनीहरूको जीवनमा यो सडक बन्दै गर्दा केही परिवर्तन आएको छ । तैपनि सडक पूणर्रूपमा नबन्दा बर्खामा निकै मुस्किल छ, उनीहरूको यात्रा । दैनिक रोजगारीदेखि उपभोग्य वस्तु र स्वास्थ्य उपचारका लागि दमक नै रोज्नुपर्छ । दमकसँगको सधैँ सम्पर्कमा रहिरहने यो गाउँ बत्तीमुनिको अँध्यारो जस्तै छ ।

    नेपालका धेरै दुर्गममा बिजुली  पुगिसक्दा पनि सुगम झापाबाट नजिक रहेको मार्चेबुङ बिजुली नपुग्दा अन्धकार छ । सक्नेले सोलार जोडेका छन् । नसक्ने टुकी कै भरमा अँधेरी काट्दै आएका छन् । देशका संघीयता आएपछि स्थानीय क्षेत्रको विकास भइरहेको छ । तर, यहाँका स्थानीयले संघीयताको सुविधा लिन सकेका छैनन् । घर नजिक सरकार आउँदा पनि अन्धकारमा जीवन कटाइरहेका छन् । स्थानीय सरकारले पनि पहल नगरेको भने हैन । बारम्बार घचघच्याइरहँदा पनि गाउँमा बिजुली ल्याउन सकेको छैन । ‘हामी त साह्रै गाह्रो ठाउँमा बसेछौँ । अहिलेसम्म पनि बत्ती नआउने पनि हुन्छ र ? बाटो बर्खा लागेपछि बन्द हुन्छ । बिजुली छैन,’ माङ्सेबुङ-४ का वडाध्यक्ष अमृतबहादुर राईले भने, ‘बिजुलीका लागि हामी स्थानीय सरकारले मात्र सक्दैनौँ । केन्द्र सरकारलाई बारम्बार भनेका छौँ । तर, कसैले सुनेन । हामी अन्धारमै बस्नुपरेको छ ।’

    बिजुली नहुँदा उनीहरू सञ्चारको पहुँचबाट पनि टाडा छन् । हिउँदमा हुस्से लाग्दा सोलारले काम गर्दैन । मोबाइल चार्ज पनि हुँदैन । ‘हिउँदमा कुहिरोले घाम देखिँदैन । घाम नलागेपछि सोलारको बेट्री चार्ज हुँदैन । मोबाइल चार्ज गर्न सकिँदैन,’ स्थानीय धनसिंह राई भन्छन्, ‘हामी त सञ्चारको पहुँचमा पनि हुँदैनौँ । चुरे क्षेत्रमा गरिबको बसोबास हुन्छ त्यही भएर पनि राज्यले ध्यान नदिएको होला ।’

    सिंगो माङ्सेबुङ-४ मै बिजुली छैन । यहाँ करिब ७०० घर परिवार रहेको गाउँपालिकाले जनाएको छ । सोलार पनि राख्न नसक्ने कतिपय गरिब टुकीकै भरमा रहेको स्थानीय देउकुमार राई बताउँछन् । ‘अहिलेसम्म बिजुली  आएको छैन । हुनेले पो सोलार बालेका छन् त ! नहुँनेले मट्टितेल बालेका छन् । मट्टितेलको भाउ पनि छुनै नसक्ने भएको छ,’ उनी भन्छन्, ‘हाम्रो तर्फबाट बोलिदिने कोही नभएर होला । सुगम ठाउँको नजिक भएर पनि अन्धकारमा बस्नुपरेको छ ।’

    गाउँमा बिजुलीको पोल आएको वर्षौं भयो । तर, अहिलेसम्म बिजुली आएको छैन । विजुलीको पोल आएपछि स्थानीयलाई केही आस पलाएको थियो । तर, वर्षौँसम्म बिजुली नआएपछि भने निरास छन् । ‘सुरुमा त पोल आउँदा विजुली नै आएको जस्तो लागेको थियो । तर, पोल आएको वर्षौं भयो । बिजुली  आउँदैन,’ राई भन्छन्, ‘बिजुलीका पोल लड्न थालिसके । अब त विजुली आउने आस पनि छैन ।’

    रौतहटमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सर्वपक्षीय बैठकको अपिल
    कोशीको मन्त्रिपरिषद पुनर्गठन, को को बने मन्त्री ?
    विद्युत लाइन काटिदा कोशीका उद्योग बन्द भएको भन्दै मुख्यमन्त्री कार्कीले गराए ध्यानाकर्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.