• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ८. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

सरकार छाड्ने प्रचण्डको घुर्की, एमसीसीको विषयमा तनाव

  •   सोमबार, माघ २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले सरकार छाड्ने चेतावनी दिएको छ । आइतबार मन्ध्यान्ह प्रधानमन्त्री देउवासँगको टेलिफोन सम्वादमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्ने चाहना देखिएकाले सत्तामा बसिरहनुको औचित्य नभएको भन्दै सरकार छाड्ने चेतावनी दिएका हुन् ।

    अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि प्रचण्ड र प्रधानमन्त्री देउवाबीच कुराकानी भएको थियो । त्यस क्रममा पत्र सार्वजनिक भएकोमा प्रचण्डले आपत्ति जनाउँदै सरकारमा बसिरहनुको कुनै औचित्य नभएको जनाएको माओवादीका एक नेताले भने । ती नेताका अनुसार प्रधानमन्त्री देउवाले माओवादीका अर्का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।

    कुराकानीका क्रममा श्रेष्ठले पनि एमसीसी कुनै पनि हालतमा पास नहुने भन्दै सरकार छाड्नु परे पनि आफूहरु तयार रहेको बताएका थिए । माओवादी केन्द्रका नेताका अनुसार नेताद्वय प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको तथा एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्रीसमक्ष आपत्ति जनाएका थिए । ‘पत्र अहिले सार्वजनिक गर्नुपर्ने त्यस्तो के भयो ?’ भन्ने माओवादी केन्द्रका नेताहरुले देउवालाई प्रश्न गरेका थिए । त्यसको जवाफमा देउवाले आफूले पत्र सार्वजनिक नगरेको जवाफ दिएका थिए ।

    +आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । पत्रमा दुवै नेताले एमसीसी अनुमोदन गर्न समय मागेका थिए । सोही पत्र कार्यान्वयन गर्न भन्दै एमसीसीले पनि देउवा र प्रचण्डलाई पत्र पठाएको थियो । अति गोप्य भनिएको उक्त प्रतिवद्धता पत्र प्रधानमन्त्रीकै योजनामा सावर्जनिक गरिएको प्रचण्डको आरोप छ । तर देउवाले त्यसलाई आफ्ना तर्फबाट सार्वजनिक नभएको बताएका छन् ।

    यस सन्दर्भमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा संसदमा टेबुल गर्न नहुने धारणा राखे । उनले प्रधानमन्त्रीसँग कुराकानी भएको स्वीकार गर्दै एमसीसीलाई कार्यान्वन गर्ने नगर्ने केही कुराकानी नभएको दाबी गरे । साथै अहिलेकै अवस्थामा माओवादीलाई माइनस गर्ने तहबाट गतिविधि भएको भन्दै अनर्गल प्रचारबाजी हुन थालेको दाबीसमेत गरेका छन् । ‘यति कुरा बुझौं यथास्थितिमा एमसीसी संसदमा पेश हुँदैन, एमसीसीकै कारण गठबन्धन नटुटोस् भन्ने प्रधानमन्त्री र हाम्रो चाहना छ’, श्रेष्ठले भने ‘अहिले बजारमा जे जस्ता हल्ला चलेका छन् ती निराधार हुन् भन्ने हाम्रो ठम्याई छ ।’

    एमसीसीको पत्र सार्वजनिक भएपछि केही दिनअघि प्रचण्डले आफ्ना नेता तथा कार्यकर्तालाई दिएको जवाफ पनि झुटो सावित भएको छ । उनले एमसीसी पारित गर्नुपर्ने सत्ता छाड्ने भनी आश्वासन दिएका थिए । अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने समय तय भएको छ । स्थानीय तहको निर्वाचनबारे निर्णय गर्न उक्त छलफल बोलाइएको बताइए पनि एमसीसीको विषयमा पनि कुराकानी हुने बालुवाटार स्रोतले बताएको छ । प्रकाशित : २०७८ माघ २४ गते ९:५२

    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम
    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.