• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

महले साेबहादुर पुलामीकाे लक्ष फेरिदियाे

  •   आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ ।  सोमबहादुर पुलामी शिक्षक बन्न चाहन्थे । तर, उनी माैरी पालक किसान बने । उनलाई मौरीको गुलियो रस (मह)ले यसरी भुलाइ दियाे कि आफ्नाे लक्ष नै बिर्सिए । लक्ष बिर्सिए पनि उनलाई कुनै गुनासाे छैन । महले उनकाे जिन्दगी मह जस्तै गुलियो पारिदिएकाे छ । सोमबहादुर आफू मात्रै हाेइ मौरी पाल्न चाहना राख्ने किसानलाई पनि सघाइरहेका छन् । मौरीको घार र मह बेच्दै आएका उनी आफ्नाे आम्दानीबाट समेत सन्तुष्ट छन् । उनी भन्छन्, ‘मौरीपालनले मौरी जस्तै कर्मशिल बन्न प्रेरित गरेकाे छ ।’

    शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतका ३५ बर्षीय पुलामीलाई गुलियो मह भएको मौरीको चाका खुब मन पर्ने । छरछिमेकमा मह काट्दा उनी चाका चाख्न पाउने पछि लाग्थे । छिमेकीले कहिले दिन्थे, कहिलेकाहीँ दिदैन थिए । छोराले मह असाध्यै रुचाउने भएपछि बुबा मनबहादुरले २०५८ सालमा घरमा एउटा मौरीको घार ल्याइदिए । त्यसपछि उनमा मौरीको महमा अझै चाख बढ्यो । कक्षा आठमा बढ्ने उनको ध्यान पढाइसँगै मौरीमा हुन्थ्यो । ‘त्यही एउटा मौरीको घारमा खेल्दाखेल्दै तीन वटा घार बनाए । के मिलेन  सबै मासियो । फेरि अर्को घार ल्यायौँ । ज्ञान थिएन उतिखेर । आफैँले मौरीसँग खेल्दाखेल्दै सिकियो । त्यसपछि एउटाबाट दुई घार भयो । दुईबाट चार हुँदै अहिले सय घार छन्,’ पुलामीले भने ।

    २०६५ सालसम्म आइपुग्दा उनीसँग ३० वटा मौरीको घार भए । त्यतिबेलासम्म उनी मौरीको मह मात्र काट्थे र धेरथोर आम्दानी लिन सफल थिए । गुलियो मौरीको महले गुलियो आम्दानी दिन थालेपछि उनले शिक्षक बन्ने सपनालाई थाती राख्दै थिए । बनाइसकेको शिक्षण अध्यापन अनुमति पत्रलाई सिरानीमा थन्क्याए । ‘मसँग ३० घार मौरी भएको थियो । २०६५ सालमा मौरीसहितको घार माग्नु भो एक जना सरले । उहाँलाई केही घार दिए । हातमा राम्रै पैसा पर्‍यो । किसानको हातमा पैसा परेपछि हौसला थपिने रहेछ ! मौरी पालनमा झन् चाख बढ्यो । अब निरन्तरता दिनुपर्छ भनेर झनै बेस्सरी लागे । महसँगै मौरीसहितको घार बेच्न थाले,’ उनले सुनाए ।

    पुलामीको मौरी पालन उद्योगमा एक सय घार मौरी छन् अहिले । पुलामी मौरी पालन तथा घार उद्योग सञ्चालन गरेका छन्  उनले श्रीमती शितलको नाममा । उनले पछिल्ला बर्षहरूमा मह कमै काढ्छन् । मौरीसहितको घार बढी बिक्री हुने उनको भनाइ छ । मौरीपालनमा आकर्षण बढी भएकाले मौरीको चाकासहित घार बिक्री बढेको उनले बताए ।

    स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि मौरीसहितको घारको माग बढेको पुलामी बताउँछन् । ‘सरकारी बजेटमा किसानलाई घार बाँड्नलाई धेरै माग आउने गर्छ,’ उनी अगाडी थप्दै भन्छन्, ‘कहिलेकाही घार बिकेन भने पनि सिजनको बेला मह काढेर बिक्री गर्छु । महको पनि घारको जस्तै बजार राम्रै छ । आम्दानी राम्रै हुन्छ ।’  बर्षमा १५० भन्दा बढी गोला सहितको घार बिक्री गर्दै आइरहेको उनले जानकारी दिए । उनका अनुसार सानो घारको चाकासहित सात हजार पाँच सय रुपैयाँ मुल्यमा बिक्री हुन्छ । ठुलो घारको नौ हजार पाँच सय रुपैयाँमा बिक्री हुन्छ । मह र घार बिक्रीबाट १५ लाख रुपैयाँसम्म आम्दानी हुने पुलामीले जानकारी दिए ।

    पुलामीले तयार पारेको मौरीसहितको घार तनहुँसँगै कास्की, पर्वत, लमजुङ, मनाङका गाउँगाउँमा छ । जहाँजहाँ उनको मौरीको घार देखिन्छ उनलाई खुशी र सन्तुष्टि मिल्छ रे । तर, कहिलेकाँही मौरीसम्बन्धी ज्ञान नभएकाले लगेर निराश बनाइदिने उनी बताउँछन् । ‘कसैले रहरले लान्छन् । कोहीले व्यवसायिक बन्नलाई घार लैजान्छन् । मौरी पाल्न तालिम लिनुपर्छ । तालिम नभएकाले लैजँदा अपजस बढी पाइन्छ ।’ उनले भने ।

    मौरीको घारको माग बढेपछि उनले एक्लेखेतमा २०७१ सालदेखि फर्निचर उद्योग सञ्चालनमा ल्याएका छन् । ‘ठुलोबाले बनाइदिनुहुन्थो सुरुमा घारहरू । त्यसपछि म सिक्दै गए । बाहिरबाट ल्याउँदा महंगो पर्ने भएकाले घार बनाउन थाले । र पछि फर्निचर उद्योग चलाउने सोच आयो । मौरीको घार निर्माणसहित काठसँग सम्बन्धित सबै काम उद्योगमा हुन्छ । गाउँतिरबाट काठको काम धेरै आउने भएकाले फर्निचरबाट कमाई राम्रै छ ।’ उनले भने । फर्निचरमा चार जनाले रोजगारी पनि पाएका छन् ।

    मौरी पालन अरु पेशाको तुलनामा निकै सहज रहेको उनको २० बर्षे अनुभवले बताउँछ । ‘अरु पेशामा जस्तो मौरीपालनमा घामपानी भन्न नपाईने हुँदैन् । दिनको एक घण्टा मात्र समय दिए पुग्छ । आक्रमण गर्ने जिवजन्तुबाट जोगाउन सक्यौँ र झरी परेको बेला अहाराको व्यवस्थापन गर्न सकियो भने राम्रै गर्न सकिन्छ,’ पुलामी आफ्नो अनुभव सुनाउँछन् । तालिम र आधारभुत ज्ञानविना हचुवाको भरमा मौरीपालनमा नलाग्न उनको सुझाव छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.