काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी पहिरोमा परेहरुको उद्धारमा खटिन राप्रपाका अध्यक्ष कमल थापाले कार्यकर्तालाई अनुरोध गरेका छन्। थापाले बाढी पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएकोले उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। अध्यक्ष थापाले टुईटरमा टुईट गर्दै भनेका छन्,’बाढी पैह्रोले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो जनधनको क्षति पुराएको छ।त्यस क्षेत्रमा तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसंग आग्रह गर्दछु।साथै, पिडित जनताको सेवामा जुटन राप्रपाका कार्यकर्ताहरुलाई अनुरोध गर्दछु।’








