• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

हाम्रो काम अहिले देखिँदैन्, पछि नम्बर पाउँछ

  •   शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना तनहुँका १० स्थानीय तहमध्ये एक्ली महिला प्रमुख हुन् । संघीयता कार्यान्वयनको प्रक्रिया सुरु भएसँगै गाउँपालिकाले उनको नेतृत्वमा विकास र सम्बृद्धिको खाका कोर्दै छ । साविकको छाङ, जामुने र मनपाङ गाविस मिलेर बनेको म्याग्दे गाउँपालिकामा करिब पाँच बर्षको अवधिमा मायादेवी नेतृत्वको स्थानीय सरकारले के गर्यो भनेर उनैबाट जवाफ खोज्ने प्रयास गरेका छन् न्युज कारखानाकर्मी विनोद ढुंगानाले । 

    अबको केही महिनामा गाउँ अध्यक्षबाट बिदा हुँदै हुनुहुन्छ । पदमा रहँदाको अवधिलाई कसरी लिनुहुन्छ ?  
    हामी लामो समयसम्म कर्मचारीले चलाएको स्थानीय सरकारको नेतृत्व गर्न आएका थियौं । धेरै चुनौतिको सामना गर्दै संघीयतालाई मजबुत बनाउन लागिरहेका छौँ । संघीयता हामीले नै चाहेको शासन व्यवस्था हो । जनताको समस्याहरू हरेक दिन प्रत्यक्ष रुपमा सुन्न, बुझ्न र समाधान गर्ने मौका पाएका छौँ ।

    सुरु सुरुमा संघीयतासँग अभ्यस्त हुनलाई कत्तिको कठिन भयो ?
    नयाँ जुत्ता किनेर लगाएपछि हप्ता पन्ध्र दिन लगाउन असजिलो हुन्छ नै । पछि बानी पर्दै जान्छ । सुरुमा नयाँ जे कुरा पनि अलिक अफ्ठयारो महसुस हुन्छ । तर, पनि बिस्तारै अनुभव बटुल्दै गएपछि सहज हुन्छ । संघीयता पनि यस्तै थियो । अहिले त जनताले पनि संघीयतालाई बुझेका छन् झनै सजिलो छ ।

    कर्मचारी निकै कम थिए, हरेक विषयगत शाखामा कर्मचारी नभएर एउटै कर्मचारीले दुई चार वटा शाखा हेर्नुपथ्र्याे । बेलामा काम गर्न नसक्ने स्थिति पनि भोगियो ।

    त्यसो हुँदा संघीयताले ठिक रहनेछ भन्ने भएन जनतामा ?
    नबुझ्दा त भयो नि । पहिला त हामीले पनि सोच्यौं यो संघीयता त नहुने लफडामा फसियो भनेर । अनुभव नै ठुलो रहेछ पछि बिस्तारै सहज हुँदै आयो ।

    स्थानीय सरकारलाई संघीयताको जग भनिन्छ । जग बलियो बनाउन प्रदेश र संघ सरकारले भूमिका खेल्न सके कि सकेनन् । कत्तिको सहयोग पाउनुभयो संघ र प्रदेश सरकारको तर्फबाट ?
    प्रदेशबाट मन फुकाएर बजेट नदिने, बरु फ्रिज हुने । गाउँपालिकाले काम गर्नलाई बजेट नपाएको अवस्थामा उता प्रदेशमा फ्रिज भयो । त्यो सहयोग हो त ? संघको पनि त्यही हो अवस्था । राजनीति पनि बढी गरियो । बेलामा ऐन कानुन बनाएनन् । अलमलमा पारियो केही समय त ।

    तपाईंको टिमले म्याग्देमा गर्व गर्न लायक के काम गर्यो त ? 
    धेरै काम गरेका छौँ । गाउँपालिाकाको सात मध्ये ६ वडा पृथ्वी राजमार्गसँग जोडिए पनि दायाबाँया ओझेलमा थिए । अर्थात विकास पुगेकै थिएन् । राजमार्गसँगै जोडिएको भए पनि सडक पुग्न सकेको थिएन । हामी आएपछि हरेक गाउँलाई सडकले जोडेका छौँ ।

    स्वास्थ्य इकाई स्थापना गरेका छौँ । धेरै विद्यालय सुधार गर्नु पर्ने थिए, सुधारेका पनि छौँ । ठाउँठाउँमा मठमन्दिर बनेका छन् । गाउँगाउँमा सामुदायिक भवन बनेका छन् । कृषिमा अनुदानदेखि आधुनिकीकरणमा किसानलाई सघाएका छौँ । कोठा जत्रै भए पनि कोल्डस्टोर बनाएका छौँ ।

    गाउँपालिकाको प्रशासकीय भवन निर्माणको चरणमा छ । हरेक वडा कार्यालयको भवन बन्दै छन् । गाउँपालिकामा ३० शैय्याको अस्पताल पनि बन्दैछ । गर्भवती महिलाले हाम्रै पालिकाको स्वास्थ्य संस्थामा चेकजाँच गरेर सुत्केरी हुनेलाई गाउँपलिकाले तीन हजार रुपैयाँ उपलब्ध गराएको छ । विकासका थुप्रै गरेका छौँ । कति काम पूरा हुन बाँकी नै छन् ।

    तपाई आफैँ महिला पनि हुनुहुन्छ । महिलालाई आत्मानिर्भर र स्वरोजगार बनाउनलाई चाहिँ केही गर्नु भएन् ? 
    महिलालाई आत्मानिर्भर बनाउनलाई पनि धेरै प्रयास गरेका छौँ । महिला दिदीबहिनीलाई आत्मानिर्भर बनाउन मानहुँ, हर्खपुर र गैरागाउँमा होमस्टे स्थापना गरेका छौँ । बर्षेनी ब्युटीपार्लर, गुडिया बनाउने, झोला बुन्ने, चुरापोते बनाउने, नेतृत्व विकास जस्ता तालिम दिएका छौँ ।

    आफ्ना कामअनुुसार कत्तिको सफल भएको ठान्नुहुन्छ ? 
    आफैँले आफ्नो प्रशंसा गर्नु ठिक हैन । तर पनि ५० प्रतिशत सन्तुष्ट छु । किनकी जनताले मागेका शतप्रतिशतमध्ये ५० प्रतिशत पूरा गरेका छौँ जस्तो लाग्छ । बाटोघाटो, बाँध कुलो, खानेपानी जस्ता सबै संरचना निर्माण गरेका छौँ । शिक्षा, स्वास्थ्यमा सुधार गरेका छौँ ।

    आफ्नो कार्यकालमा चाहेर पनि गर्न सकिन लाग्ने केही काम छन् ?
    तीन वटा काम छन् । डम्पिङ साइट निर्माण सबैभन्दा जटिल काम रहेछ । हुन त ठूला ठूला नगरपालिकाले पनि नदीमा फोहोर बगाएर बसेका छन् ।

    हामीले डम्पिङ साइट बनाउनलाई अभ्यास ग¥यौँ । जाने बेलामा बल्ल डम्पिङ साइट बनाउन जग्गा किन्दैछौँ । अहिले जग्गा पास हुने प्रक्रियामा छ ।
    अर्काे कोल्डस्टोर बनाउने ठुलो धोको हो । म्याग्देमा आलु सुन्तला धेरै फल्छ । सबै बाहिर जान्छ । कोल्डस्टोर नभएपछि हामीले यहाँको उत्पादन खाना पाएका छैनौँ । प्रदेश र संघमा कोल्डस्टोर बनाउन माग राखेका छौँ । गाउँपालिकाले चाहेर पनि गर्न सकेन ।

    र तेस्रो संघ र प्रदेशले सपोर्ट गरेको भए हाम्रो धेरै बाटोहरु कालोपत्रे हुन्थे । हामीले सडकको ट्रयाक खोल्यौँ । नाला बनायौँ । तर ग्राभेल पनि गर्न नसकेको अवस्था छ । पर्याप्त बजेट दिएको भए सायद सबै वडाका मुख्य मुख्य सडक कालोपत्रे गर्न सक्थ्यौँ ।

    अधुरा योजना पूरा गर्न अब फेरि अध्यक्षमा दोहोरिने इच्छा छ कि ?
    मेरो इच्छाभन्दा पनि पार्टीको निर्णयमा भर पर्छ । पार्टीले उठ्देउ भन्यो भने दोहो¥याउन पनि सक्छु ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.