फाइल फोटो
चितवन । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र बाघको आक्रमणबाट खैरहनी १३ का अन्दाजी ३५/३६ वर्षका वीरबहादुर तामाङ एक पुरुष घाइते भएका हुन् ।
प्रहरीका अनुसार वन भित्र घाँस काट्न गएका तामाङलाई आज (मंगलबार) दिउँसो करीब १ बजेतिर बाघले आक्रमण गरेको हो । उनीसँगै घाँस काट्न गएका अन्य भने सकुशल रहेका छन् ।
उनको टाउको चोट लागेको छ । तामाङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको छ।








