• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

देशैभरीका ट्रक व्यवसायीले थाले आन्दोलन : श्रीमतीको गहना धितो राखेर बैकमा किस्ता तिर्नु पर्ने बाध्यता,

  •   शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ट्रक ब्यवसायीहरुले पेट्रोलियम पदार्थको मुल्यमा भएको वृद्धिको बिरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् । सरकारले पटक पटक डिजेलको मुल्य बृद्धि गरेको तर बिगत ६ वर्ष देखि ढुवानी भाडा नबढाएको भन्दै पेट्रोलियम पदार्थको मुल्य वृद्धिसंगै ढुवानी भाडा पनि बढाउनु पर्ने माग उनीहरुको छ ।

    शनिबार देशभरका १०० बढी ब्यवसायीहरुले रामनगरमा केही बेर राजमार्ग अवरोध गरी विरोधको कार्यक्रमको घोषणा गरेका हुनु । विरोधका कारण नेपाली सेनाका सवारी साधन समेत केहीबेर रोकिन पुगेका थिए । एक हप्ता भित्र सरकारले ढुवानी भाडा नबढाए देशैभरीका ट्रकहरु १० दिन घरमा थन्काएर आन्दोलन गर्ने ब्यवसायीहरुले चेतावनी दिएका छन् । त्यति गर्दा पनि नभए देशैभरिका टंकहरु सडकमा ल्याएर सबै राजमार्ग बन्द गर्ने र राजमार्गमै अनसन बस्ने धादिङका ब्यवसायी मनोज केसीले बताए् ।

    बैकमा किस्ता तिर्न नकस्दा श्रीमतीको गहना धितो राखेर बैकलाई पैसा बुझाउनु परेको उनले दुखेसो गरे । अहिले सम्म भैरहवा र बिरगन्जदेखि काठमाण्डौ सम्मको १० टनको २५ हजार भाडा कायम रहेको छ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धिसंगै १० टनको २८ हजार हुनु पर्ने माग ब्यवसायीले गरेका छन् । एउटा १२ चक्के गाडीले २१ टन बोक्ने गरेको छ । आफुहरुले राज्यको नीतिनियम बिपरित कहिल्यै पनि बढि शुल्क लिएर ढुवानी नगरेको,आफुहरु राज्यको नियमअनुसारनै सन्चालन गरिराखेको बताए ।

    तर अव राज्यले भाडा दर नबढाए आफुहरु सरकारको विरोधमा कडा आन्दोलन गर्न बाध्य हुने केसीको भनाई छ । भारतीय मालबाहक सवारी साधन भन्सारमा पल्टी नगरी सिधै नेपालको काठमाण्डौ सहित अन्य सहरमा प्रवेश दिदाँ त्यसले नेपाली ढुवानी ब्यवसायी ठुलो मारमा परेको नवलपुरका ब्यवसायी गणेश सिहं ठकुरीले बताए । पेट्रोलियम पदार्थको मुल्य बढेको बढेकै गर्ने तर ढुवानी भाडा नबढ्दा आफुहरु ब्यवसायबाटै पलाएर भएर खाडी जानुपर्ने बाध्यता भएको उनको दुखेसो छ ।

    भारतीय मालबाहक टंकहरुले क्षमता भन्दा कयौ टक बढी सामान बोकेर आउँदा पनि १५ सयको चिट काटेकै भरमा मनलाग्दी गर्ने भारतीय सवारी साधनलाई राज्यले छुट दिएको ब्यवसायीको गुनासो छ ।भारतीय ट्रकहरुले ५० टन सम्म सामान बोकेर आउने र ३ वटा सम्म डिजेल टंकी राखेर नेपाली डिजेल भरेर भारत जाने गरेकाले पनि नेपालले पेट्रोलियम पदार्थमा घाटा बेहोरेको ठकुरीले बताए । भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुने भएकाले नेपाल आउने सबै भारतीय मालबाहक सवारीले ३ वटा सम्म टंकी हालेर आउने र डिजेल भरेर जाने गर्दा पनि नेपाल सरकारले यसलाई रोक्न नसकेको उनको भनाई छ ।

    राज्यले ढुवानी भाडा नबढाउँदा आफुहरुले बैकंमा किस्ता समेत तिर्न नसक्ने अवस्था भएकोे व्यवसायी पवन महतोले बताए । देशमै केही गर्नुपर्छ भनेर घर जग्गा धितो राखेर टंक खरिद गरेर व्यवसाय थालेपनि सरकारले आफुहरुको समस्या नबुझदा देशभरका हजारौ व्यवसायी मारमा परेको उनको दुखेसो छ । नेपालको सडकमा दैनिक ५ हजार बढी ट्रकहरु गुड्ने र त्यो मध्य ३० प्रतिशत ट्रक भारतीय भएकाले भारतीय ट्रकको सिधै नेपाल प्रबेश रोक्नु पर्ने पनि व्यवसायीले माग गरेका छन् ।

    ५० टन बढी माल बोकेर आउने ओभरलोड ट्रकका कारण नेपालको सडक भत्किने र बाटोमा ति ट्रक बिग्रर्दा सडकजामको पनि समस्या खेप्न नेपाली सवारी साधन र यात्रुहरु बाध्य भएको व्यवसायी ठकुरी बताउँछन् । काठमाण्डौमा व्यवस्थीत पाकिर्ङ र ट्रक रोक्ने ठाउँ समेत नहुदाँ आफुहरुले अनाहकमा ट्राफिकलाई जरिवना तिर्न पर्ने बाध्यतामा परेको समेत उनले बताए । व्यवसायीहरुले देशैभरिका ट्रक व्यवसायीलाई आ आफनो ठाउँबाट संगठित भई आवाज उठाउन आग्रह गरेका छन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.